काठमाडौं– नेकपाका प्रचण्ड-माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले जेसुकै भएपनि केपी शर्मा ओली नेतृत्वको सकरारको आयु सिद्धिएको टिप्पणी गरेका छन्। आइतबार संसद् भवनबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारप्रति टिप्पणी गरेका हुन्।
‘पूर्व माओवादीले समर्थन फिर्ता लियो भने पनि टिक्ने आधार रहेन’, उनले भने, ’यो संविधानको धारा ७६ (१) अनुसारको सरकारै भएन। त्यसो भएकाले प्रधानमन्त्रीले बस्ने कुनै आधार छैन।’
उनले अदालतको फैसलाको विषयमा आफूहरुले छलफल गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।