काठमाडौं- नेकपा प्रचण्ड–माधव पक्षले सर्वोच्च अदालतको फैसलापछि छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ। आइतबार बेलुका प्रचण्ड–माधव पक्षले कानुन विद्संग परामर्श गरेपछि पार्टीभित्र छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको हो।
अदालतले ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई वैधानिकता दिएपछि पार्टीभित्र छलफल गर्न सोमबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
आइतबारको अदालत फैसलामा कट्टेल नेतृत्वको नेकपालाई वैधानिकता दिँदै यसअघिकै एमाले र माओवादी यथावत् राख्नुका साथै एकता गर्नेपर्ने भएमा नयाँ समझदारी गरेर आउनुपर्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।