काठमाडाैं– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत प्राप्त गरेका छन्।
सभामुख असद क्वाइसरले प्रधानमन्त्री खानले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका हुन्। उनका अनुसार शनिबार भएको मतदानमा प्रधानमन्त्री खानले १७८ मत प्राप्त गरेका थिए, जुन अविश्वासकाे मतमाथि विजयी हासिल गर्न प्रयाप्त छ।
यो जितसँगै खानले पाकिस्तानी संसदमा आफ्नो बहुमत भएको सन्देश दिएका छन्।
प्रधानमन्त्री खानलाई सेनाको समर्थन रहेको रहेकाे थियाे।
मदतान अगाडी पाकिस्तानी सेनाको जासुसी निकायका प्रमुख जनरल कमार जावेद वाज्दाले सेना खानको पक्षमा रहेको बताएका थिए।
उनले मतदान गर्ने सांसदहरुको कडा निगरानी गर्न निर्देशन दिएका थिए। तर, प्रतिपक्षी नेता मारयाम नवाजले सेनाको निर्देशनले जनतामा गलत सन्देश जाने बताएका थिए।
खानको पार्टीका कार्यकता र समर्थकले उनको समर्थनमा राजधानी इस्लामाबादका विभिन्न क्षेत्रमा प्रदर्शन गरिरहेका छन्। प्रधानमन्त्री खानलाई सेनाको समर्थन रहेको जनाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।