काठमाडाैं– फिल्म ‘कृष्ण–लीला’ को दोश्रो गीत ‘डियर बन्न मन छ मलाई..’ शुक्रबार सार्वजनिक गरिएको छ।
निशान भट्टराई र समीक्षा अधिकारीको स्वरमा रहेको गीतमा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ,रबिन्द्र झा,भावना गुरुङ र नवीन रेग्मी जमेर नाचेका छन्।
नारायणप्रसाद बास्तोलाको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।
दीपक ओली निर्देशीत फिल्मको यसअघि ‘कुनै दिन यस्तो पनि’ बोलको प्रेमील गीत सार्वजनिक गरिएको थियो। सो गीतले एघार लाख बढी भ्यु पाइसकेको छ।
रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको सम्पूर्ण छायांकन पूर्वी नेपालको इलाम, झापा र पाँचथरका बिभिन्न रमणीय स्थानमा गरिएको हो। नयाँ वर्ष ०७८ को अबसर पारेर चैत्र २७ मा प्रदर्शन गर्न लागिएको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ छन्।
लक्ष्मण सुवेदीको लेखन रहेको फिल्म शिब ढकाल र बाबु श्रेष्ठले खिचेका हुन् भनेश्री श्रेष्ठको द्धन्द्ध निर्देशन छ। प्रकाश कार्की र केबल तामाङ निर्माता रहेको फिल्मको सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन्।
फिल्ममा पुष्प, श्रद्धा, बुद्धि, रबिन्द्र, नवीन रेग्मी,भावनाका साथमा हिउँवाला गौतम, आयुष गुराँगाई, आयुषा क्षेत्री, पिताम्बर आचार्यलगायतका कलाकारले अभिनय गरेका छन्। आरआर फिल्म प्रोडक्डसनको ब्यानरमा निर्मित फिल्मको बितरक पनि आरआर फिल्मस्नै हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।