काठमाडाैं– म्यानमारमा सैन्य कूविरुद्ध शुक्रबार भएकाे प्रदर्शनमा प्रहरीले चलाएकाे गोली लागेर थप एक प्रदर्शनकारीको मृत्यु भएको छ। याेसँगै आन्दाेलनमा भएकाे दमनमा परि मृत्यु हुनेकाे संख्या ५५ पुगेकाे छ।
प्रहरीले चलाएको गोली एक प्रदर्शनकारीको घाँटीमा लागेको एक प्रत्यक्षदर्शीले बताएका छन्।
यसअघि गत बुधबार म्यानमारमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको थियो।म्यानमारमा प्रहरीले दमन गरेको भन्दै संयुक्त राष्ट्रसंघ र अमेरिकाले नयाँ प्रतिबन्धको घोषणा गरेका छन्।
प्रदर्शनकारीहरुले म्यानमारमा प्रजातन्त्रको पुनर्बहालीको माग गरिरहेका छन्। म्यानमारका अन्य सहरमा पनि शुक्रबार ठूलो संख्यामा प्रदर्शनकारीहरु उपस्थित भएका थिए।प्रदर्शनकारीको संख्या बढ्दै गएपछि प्रहरीले गोली चलाउँदै आएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।