काठमाडाैं– चीन सरकारले रक्षा बजेटमा ६.८ प्रतिशतले वृद्धि गरेको छ। याेसँगै रक्षा बजेट बढेर २०९ अर्ब डलर पुगेको छ।
चिनियाँ जनमुक्ति सेनाका रिटायर्ड वरिष्ठ कर्नेल वाङ श्याङसुईले अमेरिकी सेना आणविक हतियार र अन्तरिक्ष (स्पेस) मा शक्ति बढाउन खोजिरहेको अनि चीन पनि प्रतिस्पर्धामा रहेको त्यसैले रक्षा बजेट बढाएको बताएका छन्।
तर एनपीसीका प्रवक्ता चाङ यसुईले चीनले राष्ट्रिय रक्षालाई बलियो बनाउन बजेकाे बढाइएकाे बताए। तर उनले कुनै पनि देशलाई तारो बनाउने वा जोखिम उत्पन्न गर्ने उद्देश्य नभएकाे स्पष्ट पारे।
चीनले आगामी दिनहरूमा मार हान्ने क्षमता बढाउन र शत्रुहरूमाथि हावी हुन क्षेप्यास्त्रहरूलाई प्रथमिक्तामा राखेकाे छ।
चीनसँग भएका कतिपय घातक हतियारहरूको तोड अमेरिकासँग पनि नभएको बताइन्छ।
अघिल्ला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेला चीनसँग उसको सम्बन्ध तनावपूर्ण थियो। ब्यापार र प्रविधि क्षेत्रमा दबाब कायम राख्दै वर्तमान अमेरिकी राष्ट्रपति जो वाइडेन चीनसँग संवादको वातावरण सुरु गरेका छन्।
चीनले हालै उसको सामुन्द्रीक क्षेत्रमा हुने विदेशी उपस्थितीलाई प्रतिवाद गर्न आफ्नो जलसेना (कोस्ट गार्ड)लाई अनुमति दिइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।