काठमाडाैं– भारतको राजधानी दिल्लीमा वायु प्रदूषण उच्च विन्दुमा पुगेको छ।
केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार बिहीबार एयर क्वालिटी इन्डेक्स २८७ पुगेको थियो। त्यसलाई अत्यन्तै खराब मानिन्छ।
त्यसो त त्यहाँको हावा जहिले पनि प्रदूषित नै हुन्छ तर अहिले प्रदूषण उच्च विन्दुमा पुगेको बोर्डले जनाएको छ। सोमबारसम्म अधिकतम तापक्रम ३५ डिग्री सेल्सियससम्म पुग्नेछ र हावा थप विषालु बन्नेछ।
हावाको गुणस्तरमा गिरावट भेन्टिलेसन कम भएको मौसम विभागले जनाएको छ।
यसले गर्दा आगामी दुई दिनसम्म वायुको गुणस्तर थप खराब हुने मौसम विज्ञको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।