काठमाडाैं– गायक प्रविण बेडवाल र गायिका एलिना चौहानको स्वरमा नयाँ गीत 'फूल राम्रो'को सार्वजनिक भएको छ।
गीतकार कृष्ण केसीको शब्द तथा संगीत र सुनिल परियारको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र सम्झना खत्रीको अभिनय रहेको छ।
निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र रुपेश खड्काको सम्पादन रहेको छ।
अनिल केसीको प्रस्तुती रहेको 'फूल राम्रो'गीतको भिडियोलाई यसअघि पनि धेरै राम्रा राम्रा म्युजिक भिडियोहरु निर्माण गर्दै आइरहेको आफ्नाे मन च्यानलले निर्माण गरेको हो।
भिडियो सार्वजनिक भएको केही समयमै दर्शकको राम्रो प्रतिक्रिया आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।