काठमाडाैं– बेलायती महामारी एलिजावेथ द्वितीयका श्रीमान् एवम् ड्युक अफ एडिन्बरा राजकुमार फिलिपको स्वास्थ्यमा सुधार आएकाे छ।
९९ बर्षीय फिलिपलाई लामो समयदेखि मुटुसम्वन्धी समस्या भएकाले अहिले उपचार भइरहेको छ। उनको स्वास्थ्यमा सुधार भएको बेलायती राजदरबार स्रोतले बिहीबार जनाएको हाे।
उनलाई सुरुमा भर्ना गरिएको अस्पतालबाट गत सोमबार अर्को अस्पतालमा स्थानान्तरण गरिएको थियो।
झण्डै दुई हप्तादेखि लण्डनस्थित ‘किङ एडवार्ड सेभेन’ अस्पतालमा उपचार गराइरहेकोमा अपेक्षित सुधार नभएपछि उनलाई ज्यद्वारा सञ्चालित सेन्ट बर्थोलोमेज अस्पताल लैजानु परेको जनाइएकाे छ।
त्यहाँ लगेको केही दिनमै उहाँको स्वास्थ्यमा सुधार आएको दरबारले नै जनाएको छ।
राजकुमार फिलिपले आउँदो जुन १० मा १०० औँ जन्मोत्सव मनाउने तयारी छ। उनकी श्रीमती तथा महारानी एलिजावेथ द्वितीय भने अहिले ९४ बर्ष भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।