काठमाडाैं– न्यूजील्याण्डको उत्तरी टापुमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। शुक्रबार स्थानीय समयअनुसार बिहान २ बजेर २७ मिनेटमा भूकम्प गएको हो।
भूकम्पको केन्द्रविन्दु अकल्यान्डबाट ४१२ किलोमिटर पूर्व रहेको जनाइएको छ। भूकम्पपछि त्यहाँ सुनामी आउने चेतावनीसमेत जारी गरिएको छ।
तर भूकम्पले पुर्याएको क्षतिको विवरण भने प्राप्त भएको छैन।
न्यूजील्याण्डको राष्ट्रिय आपातकालीन व्यवस्थापन एजेन्सीले भनेको छ,‘भूकम्पले सुनामी ल्याउन सक्छ कि सक्दैन भनेर हामी अध्यान गर्दैछ । त्यही नि आइहाल्छ कि भनेर चेतावनी जारी गरेका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।