काठमाडाैं– म्यानमारमा जुन्ता सरकारविरुद्धकाे आन्दाेलनमा भएकाे दमनमा परि मृत्यु हुनेकाे संख्या ५४ पुगेकाे छ।
समाचार एजेन्सी एएफपीका अनुसार फेब्रुअरी १ मा सेनाले सत्ता सम्हालेपछि बिहीबारसम्म ५४ जनाकाे मृत्यु भएकाे हाे।
घटनामा १७ सयभन्दा बढीलाई पक्राउ गरिएको संयुक्त राष्ट्रसङ्घीय अधिकारमामिला हेर्ने कार्यालयले जनाएकाे छ।
बुधबार र बिहीबार मात्र सेनाको गोली लागी दर्जनौं प्रदर्शनकारी मारिएका थिए।
बुधबार प्रजातन्त्रको पुनः वहालीको माग गर्दै गरिएका जुलुसमा सुरक्षा बलले भीडमा गोली हानेको टेलिभिजन तथा सामाजिक सञ्जालमा आएका दृश्यहरूमा देखाइएको छ ।
म्यानमारमा सेनाले सत्ता लिएपछि सैनिक कदमको विरोधमा निरन्तर प्रदर्शनहरू हुँदै आएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।