काठमाडाैं– निजी हवाई सेवा प्रदायक कम्पनीहरूले भाडा बढाउने निर्णय गरेका छन्। वायुसेवा सञ्चालक संघले नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढाएसँगै हवाई भाडा बढाउने निर्णय गरेका हुन्। बढेको भाडा शुक्रबारबाट लागू हुनेछ।
संघले हवाई इन्धनको मूल्य घटबढ हुने बित्तिकै इन्धन चार्ज शुल्क समायोजन गर्दै आएका छन्। संघले बढाएको इन्धन चार्ज नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृत दिएको छ।
संघले माउन्टेन उडानमा १७० रुपैयाँ, काठमाडौं–भद्रपुर १५०, काठमाडौं– विराटनगर १२०, काठमाडौं–जनकपुर ६५, काठमाडौं– भरतपुर ५५, काठमाडौं– पोखरा ८०, काठमाडौं–भैरहवा १००, काठमाडौं–नेपालगञ्ज १६५, काठमाडौं–धनगढी २२०,काठमाडौं–तुम्लिङटार ९०र काठमाडौं–सिमराको उडानमा ४५ रुपैयाँ इन्धन चार्ज बढेको छ।
यसैगरी विराटनगर–तुम्लिङटार ५५, पोखरा–भैरहवा ६५, पोखरा–भरतपुर ५५, पोखरा–नेपालगञ्ज १२०, पोखरा माउन्टेन १६०, काठमाडौं–सुर्खेत १७०, विराटनगर माउन्टेन १६०, काठमाडौं–राजविराज १०० र विराटनगर–भोजपुरको उडानका ४० रुपैयाँ इन्धन चार्ज बढेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।