काठमाडाैं– पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेश गरिने भएकाे छ। यसका लागि शनिवार संसद बैठक आह्वान गरिएकाे छ।
बैठक पर्सी दिउँसो सबा १२ बजे बस्ने विज्ञान तथा प्रविधि मन्त्री चौधरी फवाद हुसेनले जानकारी दिए। इमरानले आज साढे ७ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने जनाइएकाे छ।
बुधवार बेलुका सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री शाह महमूद कुरैशीले संसदबाट प्रधानमन्त्रीले विश्वासको मत लिने दावी गरेका थिए।
इस्लामाबादमा सिनेटको सीटमा विपक्षी दलका उम्मेदवार युसुफ रजा गिलानीले विजयी भएका थिए। उनी विजयी भएपछि खानले विश्वासको मत लिन लागेका हुन्।
खानले अविश्वास प्रस्तावमा विजय प्राप्त गरेनन् भने मुलुकमा अस्थिरता छाउने विश्लेषकहरूको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।