काठमाडाैं– अफगानिस्तानमा सेनाको लडाकू विमानद्धारा गरिएको एक कारबाहीमा परी कम्तीमा २३ तालिबान लडाकू मारिएका छन्।
उत्तरी प्रान्त फर्याबको काइसार र आल्मार जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध गरेकाे कारवाहीमा उनीहरु मारिएकाे सेनाका प्रवक्ता मोहमद हानीफ रेजाईले बताएका छन्।
यस कारबाहीको क्रममा तालिबानतर्फका अन्य सात लडाकू घाइते भएका छन् । फर्याब प्रान्तमा सक्रिय रहेका तालिबान लडाकू समूहले यस विषयमा कुनै प्रतिकृया दिएकाे छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।