काठमाडौं- यो साता कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९०.६७ अंकले बढेको छ। आज ३.७५ प्रतिशतले बढेर परिसूचक २५०६.६८ अंकमा कायम भएको छ।
बिहीबार २०६ वटा कम्पनीको १ करोड ६६ लाख २२ हजार कित्ता सेयर ६५ हजार १७४ पटक खरिद–बिक्री हुँदा ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज सेन्सेटिभ परिसूचक पनि १४.६७ अंकले बढेको छ।
यो साता निकै उतार चढावपूर्ण देखिएको बजारमा बिहीबार भने उछाल देखियो। आज सबै समूहका उपसूचक हरियो देखिएका छन्। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ५७१.९५ र निर्जीवन बीमा समूहको उपसूचक ३२४.४६ अंकले बढेको छ। त्यस्तै, लघुवित्त समूह २०९.०६, व्यापार समूह २५६.७१, उत्पादन समूह १९०.६८ र अन्य समूह १०३.८७ अंकले बढेको छ।
आज सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ५३ करोड २३ लाख ९० हजार रुपैयाँ बराबरको ९ लाख ८९ हजार कित्ता सेयर कारोबार भएको छ। चन्द्रागिरी हिल्सका लगानीकर्ताले प्रतिकित्ता १० प्रतिशतका दरले कमाएका छन् भने एनएमबी–५० का लगानीकर्ताले प्रतिकित्ता ३.४५ प्रतिशतका दरले गुमाएका छन्।
आज अधिकांश कम्पनीका लगानीकर्ताले कमाएपनि १२ वटा कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्। धेरै गुमाउनेमा अधिकांश म्युचुअल फण्ड रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।