काठमाडाैं– बम राखिएको भन्ने सूचनापछि भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा बन्द गरिएकाे छ।
साथै सो ताजमहलभित्र रहेका विभिन्न विदेशी तथा स्वदेशी पर्यटकलाई बाहिर निस्किन स्थानीय सुरक्षा अधिकारीहरुले सूचना जारी गरेका छन्।
ताजमहलमा कम्तीमा पनि एक हजार जना पर्यटक रहेका भारतीय पत्रिका दैनिक भास्करकाे अनलाइन संस्करणले जनाएकाे छ।
एकजना अज्ञात व्यक्तिले त्यहाँ बम रहेको सूचना फोनबाट यहाँका स्थानीय सुरक्षा अधिकारीलाई गराएका थिए।
त्यसपछि उक्त स्थान खाली गराएर बम रहे/नरहेको बारेमा अनुसन्धान गरिरहेकाे अधिकारीहरुले जनाएका छन्।
बमको यो हल्लापछि पर्यटकीय सहर आग्रामा पनि सतर्कता अपनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।