काठमाडौं- नेपाल टेलिकमले आफ्ना शेयरधनीलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव तयार पारेर स्वीकृतीका लागि पठाएको छ।
टेलिकमले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई उक्त लाभांश बाड्न सरकारको अनुमति मागेको हो। बुधबार बसेको कम्पनीको संचालक समिति बैठकले लाभांश रकम वितरण सम्बन्धी प्रस्ताव स्वीकृत गरेर पठाएको जनाएको छ।
कम्पनी ऐन २०६३ अनुसार सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको कम्पनीले सरकारको पूर्वस्वीकृती लिएर मात्र लाभांश वितरण गर्नुपर्ने व्यवस्था छ। लाभांश विवरण सम्बन्धी निर्णय गर्ने अधिकार सरकारलाई हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।