काठमाडाैं– चिनियाँ रक्षा मन्त्रालयले रुस मिलेर अमेरिकाविरुद्ध मोर्चा बनाउने कुनै योजना नबनाएकाे स्पष्ट पारेको छ।
गत वर्षको अक्टोबर महिनामा रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मस्कोले चीनसँगको सम्भावित गठबन्धन हुने संकेत गरेका थिए।
यसैलाई खण्डन गर्दै मन्त्रालयले आफू र रुस मिलेर नेटोविरुद्ध सैन्य गठबन्धन निर्माण गर्ने योजना बनाउने चर्चा निरधार रहेकाे बताएकाे हाे।
‘दुबै पक्षले तेस्रो मुलुकलाई लक्षित नगर्ने असंलग्नताको तथा गैर–द्वन्द्वको सिद्धान्त पालना गर्दछ जुन केही देशहरु बिचको सैन्य गठबन्धनभन्दा पूर्ण रुपमा भिन्न छ,’ मन्त्रालयले भनेकाे छ।
यद्यपि चीन र रूसको सैन्य सम्बन्ध दुई देशबीचको रणनीतिक सहयोग हुने जनाइएकाे छ। यसलाई महत्वपूर्ण रुपमा लिइएकाे चीनको विदेश मन्त्रालयले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।