काठमाडाैं– एक महिलासँग सम्भोगरत सीडी सार्वजनिक भएपछि भारतको कर्नाटकका मन्त्री रमेश जरकीहोलीले पदबाट राजीनामा दिएका छन्।
उनले आफूमाथि लागेको यौन दुर्व्यवहारको मुद्दासम्बन्धी आरोपबारे अनुसन्धानका लागि नैतिकरुपमा बुधबार राजीनामा दिएको उल्लेख गरेका छन्।
सामाजिक कार्यकर्ता दिनेश कल्लाहल्लीले सीडी सार्वजनिक गर्दै रोजगारी दिने प्रलोभन देखाएर मन्त्री जारकिहोलीले महिलाको यौन शोषण गरेको आरोप लगाएका छन्।
उनले महिला र मन्त्रीबीचको भिडियो, स्क्रिनसट र टेलिफोन वार्ता पनि सार्वजनिक गरेका थिए। यद्यपि जरकीहोलीले आफू यो मामिलामा निर्दोष रहेको दाबी गरेका छन्।
जरकीहोलीले दिएको राजीनामा मुख्यमन्त्री बीएस येदियुरप्पाले स्वीकृत गरेका छन् र अनुमोदनका लागि गभर्नरलाई पठाएका छन्।
सत्तारुढ पार्टीका नेताहरुले भने यो राजनीतिक पूर्वाग्रहबाट अभिप्रेरित घटना हुन सक्ने भन्दै यस विषयमा अनुसन्धानबाट मात्र सबै कुरा खुल्ने बताएका छन्।
कर्नाटकका डेपुटी सीएम सीएन अश्वथ नारायणले भने, ‘हामीले षडयन्त्रपूर्वक त्यस्ता भिडिओ बनाएर हनीट्र्यापमा पार्ने र ब्ल्याकमेलिङ गरिएका थुपै्र घटना देखेका छौं। अब यो कस्तो हो अनुन्धानपछि पक्कै वास्तविकता थाहा हुनेछ। त्यसपछि आवश्यक कारबाही अघि बढाइनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।