काठमाडाैं– पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको एउटा अखडालाई लक्षित गरी बुधबार कम्तीमा १० वटा क्षेप्यास्त्र प्रहार गरिएका छन्।
समाचार संस्था एपीका अनुसार स्थानीय समयअनुसार बिहान ७ बजेर २० मिनेट जाँदा अन्बर प्रान्तको अल–असद एयरबेसमा आक्रमण भएको हो।
हालसम्म यस घटनामा भएको हताहतीको विषयमा केही जानकारी प्राप्त भएको छैन।
समाचारमा जनाइएअनुसार इराकमा सक्रिय इस्लामिक स्टेट समूहविरुद्धको कारबाहीमा इराकी सेनालाई सघाउन अमेरिकी नेतृत्वमा अइन अल–असद सैन्य अखडामा अमेरिकी र इराकी सेना रहेका छन्।
इराकी सुरक्षा स्रोतले क्षेप्यास्त्रहरु इरानमा निर्मित अराश मोडेलका रहेको बताएको छ। यी क्षेप्यास्त्रहरु १२२ एमएम आर्टिलरी रकेट र केही भारी किसिमका रहेका छन्।
हालै अमेरिकाले इरानको समर्थन प्राप्त लडाकु समुहको अखडामा आक्रमण गरेका थिए। इराक र सिरियाको सीमामा सो आक्रमण भएको थियो।
अमेरिकी रक्षामन्त्रालयले यो आक्रमण गतहप्ताको सैन्य हमलाको प्रतिक्रिया भएको हुनसक्ने आशंका व्यक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।