काठमाडाै–ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ निष्कासनको मिति परिवर्तन गरेको छ। यसअघि आगामी आइतबार (फागुन २३ गते)बाट सेयर निष्कसनको तयारी गरेको कम्पनीले मिति परिवर्तन गरी शुक्रबार (२१ फागुन)देखि नै आइपिओे निष्कासन गर्ने भएको हो।
नियमित सेयर कारोबार खुल्ने दिनमा मेरो सेयरमा अधिक चाप पर्ने र त्यसले लगानीकर्तालाई समस्या हुने भएकाले शुक्रबारबाट मात्रै आइपिओे निष्कासन गर्न सिडिएससीले दिएको सुझावअनुसार कम्पनीले आइपिओ निष्कासन मिति परिवर्तन गरेको हो।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँबराबरको ६६ लाख कित्ता सेयर साधारण सेयर निष्कासन गर्न लगेको हो। कुल सेयरमध्ये ५ प्रतिशत अर्थात् तीन लाख ३० हजार सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता नै कर्मचारीको लागि सुरक्षित गरेर बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो।
उक्त आइपिओमा छिटोमा फागुन २८ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको आइपिओ निष्कासनका लागि विक्री प्रबन्धकमा एनएमबि क्यापिल रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन्।
हाल एक अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको आइपिओ निष्कासनपछि चुक्ता पुँजी दुई अर्ब १० करोड रुपैयाँ पुग्नेछ। आइपिओ निष्कासनपछि कम्पनीको संस्थापक र सर्वसाधारण सेयर हिस्सा ७०ः३० प्रतिशत हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।