काठमाडौं–झापाको विर्तामोड नगरपालिका–६ स्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ। अस्पताल परिसरमा मंगलबार एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उक्त काउण्टरको उद्घाटन गरेका हुन्।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायको बैंकिङ कारोबार सञ्चालन गरिरहेको प्रभु बैंकले विर्तामोड नगरपालिकाको पूर्वाञ्चल क्यान्सर अस्पतालमा पनि आफ्नो सेवा विस्तार गरेको हो।
बैंकको एक्स्टेन्सन काउण्टरबाट अस्पतालमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र अस्पतालको काम गर्न सहज र सरल हुने विश्वास बैंकको छ। काउण्टर सञ्चालनपश्चात् अस्पतालको आर्थिक क्रियाकलाप बैंकिङ प्रणालीमार्फत हुने तथा प्रशासनिक सहजता प्राप्त हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।