काठमाडाैं– झोङ शानशन चीनकै सबैभन्दा धनी व्यक्ति बनेका छन्। विश्वका धनाढ्यका बारेमा अध्ययन गर्ने हुरुन ग्लोबल रिच लिस्टले मंगलबार सार्वजनिक गरेको सूचीमा शानशन चीनकै सबैभन्दा धनी व्यक्ति बनेका हुन्।
उनको कम्पनीले बोतल पानीको उत्पादन र बिक्री गर्छ। यसका साथै झोङले बेइजिङको भ्याक्सिन निर्माता कम्पनी वानताइ बायोलोजिक फार्मेसी इन्टरप्राइजेज पनि सञ्चालन गरेका छन्।
यता टेन्सेन्ट होल्डिङ्गसका मालिक पोनी मा दोस्रो र इ कमर्स स्टार्टअप कम्पनी पिनदुओदुओका मालिस कोलिन हुवाङ सूचीको तेस्रो स्थानमा छन्।
यस्तै चिनियाँ अर्बपति तथा अलिबाबा र एन्ट ग्रुपका संस्थापक ज्याक मा चौथो स्थानमा झरेका छन्। सन् २०१९/२०२० मा उनी र उनको परिवार पहिलो स्थानमा थियो।
माको आन्ट ग्रुपले केही समयअघि संसारकै ठूलो आइपिओ (इनिसियल पब्लिक अफरिङ) जारी गर्न लागेको थियो। सांघाई स्टक एक्चेन्जमा अन्तिम समयमा आन्टलाई आइपिओ जारी गर्नबाट रोकिएको थियो।
यता टिकटकका संस्थापक झ्याङ यिमिङ पनि चीनको सबैभन्दा धनी व्यक्तिहरूको सूचीको शीर्ष पाँचमा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।