काठमाडाैं– भारतीय विपक्षी दल कांग्रेसकी महासचिव प्रियंका गान्धीले वाड्रा आसाममा चियाबगानका मजदूरहरूसँग भेटघाट गरेकी छन्।
चुनाव प्रचारका लागि मंगलवार तेजपुर पुगेकी उनले चियाबगानका मजदूरहरूसँग भेटघाट गरेकी हुन्।
आसाममा चियाबगानका मजदूरहरूको मुद्दा ठूलो हुने गर्छ। त्यसैले प्रियंका त्यहाँ मतदाता लोभ्याउन पुगेकी हुन्। उनले बगानमा चियाका पात टिपिरहेकाे फाेटाे पनि सामाजिक सञ्जालमा भाइरल बनेकाे छ।
उनले पनि उक्त फाेटाे राख्दै ट्वीट गरेकी छिन्, ‘असमको बहुरंगी संस्कृति नै उसको शक्ति हो। मानिसहरू यस बहुरंगी संस्कृति जोगाउनका लागि प्रतिबद्ध छन् भन्ने कुरा मैले उनीहरूलाई भेट्दा थाहा पाएँ। संस्कृति र विरासत जोगाउनका लागि असमका मानिसहरूको लडाइँमा कांग्रेस पार्टी उनीहरूलाई साथ दिन्छ। याे प्रेम र आत्मियतालाई म कहिल्यै भूल्दिनँ।’
तेजपुरमा आज उनकाे पार्टीकाे जनसभा पनि छ। त्याेभन्दा अगाडी उनले अकामाख्या देवीको मन्दिरमा पूजा अर्चना समेत गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।