• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २३, २०८३ Tue, Jul 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

नेपाल एयरलाइन्सलाई थप ५ वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ जिम्मा 

64x64
नेपाल लाइभ मंगलबार, फागुन १८, २०७७  १५:५७
1140x725

काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप ५ वर्षसम्म ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको अनुमति पाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले माघ १६ गतेदेखि लागू हुने गरी ५ वर्षको समय थप गरेको छ। सरकारी स्वामित्वको नेपाल एयरलाइन्सको आर्थिक अवस्था कमजोर भएको  भन्दै स्वत: समय थप गरेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।

‘प्रतिस्पर्धाबाट ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनका लागि कम्पनी छनोट गरेको भए प्राधिकरणले बढी आम्दानी पाउँथ्यो,’ पोखरेलले भने, ‘तर, हामीले आफूहरुको आम्दानी मात्रै नहेरी निगमको आम्दानीलाई समेत हेरेर निर्णय गरेका हौं।’ तर, निगमले अहिले दिँदै आएको सेवा सुधार गर्दै गुणस्तरीयतमा प्रश्न नउठ्ने गरी काम गर्नु पर्ने उनको भनाइ छ।

प्राधिकरणले सेवालाई गुणस्तरीय बनाउने पर्नेगरी ५ वर्षको लागि ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको समय थप गरिदिएको नेपाल वायुसेवा निगमका महाप्रबन्ध डिम प्रकाश पौडेलले जानकारी दिए।

‘ग्राउन्ड ह्यान्डलिङ सेवालाई गुणस्तरीय र आधुनिक बनाउँदै लैजानु पर्छ। त्यसमा दुईमत छैन। हामी सेवालाई गुणस्तरीय बनाउन आवश्यक लगानी बढाउँदै जाने पनि छौं,’ महाप्रबन्धक पौडेलले भने, ‘अहिले ग्राउन्ड ह्यान्डलिङ सेवाबाट आएको आम्दानीले पनि सहजता भएको छ। निगमबाट ग्राउन्ड ह्यान्डलिङ सेवा बाहिर गएको अवस्थामा निगमले तत्कालको समयमा जहाज उडाएर मात्रै सेवा दिन सक्ने अवस्था छैन।’

प्राधिकरणले भने ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्दा थप गर्नुपर्ने सवारी साधन भने विद्युतीय मात्रै थप्नु पर्ने शर्त अगाडि छ। प्राधिकरणको शर्त अनुसार नै काम गर्ने निगमले जनाएको छ।

निगमले विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनबाट आएको कुल आम्दानीको १५ प्रतिशत रकम प्राधिकरणलाई तिर्नुपर्छ। विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनबाट मात्रै निगमले वार्षिक ४ अर्ब रूपैयाँ भन्दा बढी आम्दानी गरेको छ। कुल आम्दानीको ४० प्रतिशत भन्दा बढी निगमलाई फाइदा छ।

निगमलाई यसअघि प्राधिकरणले बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा समेत ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको लागि अनुमति दिइसेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

के हो ग्राउन्ड ह्यान्डलिङ सेवा?
भूमिस्थ प्रबन्ध (ग्राउण्ड ह्याण्डलिङ्ग) तथा अन्य भूमिस्थ सेवा भनेको  विमानस्थलबाट उडान हुने वायुयानलाई उपलब्ध गराइने भूमिस्थ प्रबन्ध सेवा हो। सामूहिक रुपमा कमर्शियल वा सेल्फ ग्राउण्ड ह्याण्डलिङ्ग गर्ने अनुमति तथा प्रमाणपत्र प्राप्त वायुसेवा वा संस्थाले नेपाल नागरिक उड्डयन प्राधिकरण, वायुयानहरुको भूमिस्थ प्रबन्ध (ग्राउण्ड ह्याण्डलिङ्ग) र एयरसाइडमा प्रदान गरिने अन्य सेवा सञ्चालन गर्न अनुमति पाएका संस्थासँग करार सम्झाैता गरी त्यस्तो सेवा लिन सक्नेछन्।

ग्राउन्ड ह्यान्डलिङ सेवा विस्तारका लागि सवा २७ अर्ब लगानी 
निगमले पनि ३ वटा विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्दै गुणस्तरीय बनाउने गरी १० वर्षमा २७ अर्ब लगानी गर्ने गरी काम अगाडि बढाएको छ।

निगम व्यवस्थापनले सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा निर्माणको चरणमा रहेका गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २७ अर्ब ३३ करोड रुपैयाँ लगानी गर्ने प्रारम्भिक योजना अगाडि सारेको छ।

निगमले अहिले नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा त्रिभुवन विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्दै आएको छ। केही समय अगाडि मात्रै प्राधिकरणले निगमलाई गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ दिने निर्णय गरेको थियो। सोही निर्णय पछि निगम व्यवस्थापनले गौतम बुद्ध र पोखरामा नयाँ संरचना बनाउन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा विस्तार गर्न योजना बनाएको हो।

निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा विस्तार तथा गुणस्तरीय सेवा प्रदान गर्नका लागि सन् २०२१ देखि २०३० सम्म १७ अर्ब १७ करोड लगानी गर्ने योजना बनाएको छ।

यसैगरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको पूर्वाधार तयार गर्दै सेवा सञ्चालनका लागि २०३० सम्म ६ अर्ब ११ करोड लगानी गर्ने  निगमको योजना छ।

साथै, निगमले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि २०३० सम्म ४ अर्ब ५ करोड रुपैयाँ लगानी गर्ने गरी योजना अगाडि सारेको छ। तर, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थमा भने निगमलाई ग्राउन्ड ह्यान्डलिङ सेवाबाट नाफा हुने अवस्था रहँदैन। तर, पनि निगमले भविष्यलाई हेरर त्यहाँ सेवा सञ्चालनको तयारी गरेको हो।

सुरुवाती चरणमा गौतम बुद्ध र पोखरामा पौने एक अर्ब लगानी
निगमले निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सुरुवाती चरणमा पौने १ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरेको छ।

निगमका अनुसार पहिलो चरणमा पोखरामा भन्दा भैरहवामा ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गर्न बढी लगानी लाग्ने आकलन गरिएको छ।

निगमका महाप्रबन्धक पौडेलले अहिले लागतको सामान्य अनुमान गरिएको बताए। अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा पहिलो चरणमा ७२ करोड लगानी लाग्ने अनुमान गरिएको उनले जानकारी दिए।

‘भैरहवा विमानस्थलमा लागत धेरै आवश्यक हुने देखिएको छ। भैरहवा विमानस्थलमा टर्मिनलबाट जहाजमा जाने पुल (एरोब्रिज) नभएकाले र्‍याम्प बस आवश्यक हुन्छ,’ पौडेलले भने, ‘यस्ता बस कम्तिमा २ देखि ३ वटा आवश्यक पर्छ भने ती बस खरिदमा प्रतिथान ५ करोड रुपैयाँका दरले पनि १५ करोड रुपैयाँसम्म लाग्न सक्छ। अरु उपकरणको हकमा भने पोखरा र भैरहवामा उस्तै लागत अनुमान भएको छ।’ 

भैरहवा विमानस्थलमा पहिलो वर्ष ४३ करोड र पोखरा विमानस्थलमा २९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ।  

३ विमानस्थलको ग्राउन्डह्यान्डलिङ सेवामा कुन वर्ष कति लगानी?
२०२१ –१ अर्ब ९४ करोड    
२०२२ –२ अर्ब ९ करोड
२०२३ –२ अर्ब २४ करोड
२०२४ –२ अर्ब ४१ करोड
२०२५ –२ अर्ब ५८ करोड
२०२६ –२ अर्ब ७७ करोड
२०२७ –२ अर्ब ९८ करोड
२०२८ – ३ अर्ब २० करोड
२०२९ –३ अर्ब ४३ करोड 
२०३० –३ अर्ब ६९ करोड

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा
२०२१ –४३ करोड    
२०२२  ४७ करोड
२०२३ –५० करोड
२०२४ –५४ करोड
२०२५ –५८ करोड
२०२६ – ६२ करोड
२०२७ –६७ करोड
२०२८ – ७१ करोड
२०२९ –७७ करोड 
२०३० –८२ करोड

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा 
२०२१ – २९ करोड    
२०२२  ३१ करोड
२०२३ –३३ करोड
२०२४ –३६ करोड
२०२५ – ३८ करोड
२०२६ –४१ करोड
२०२७ –४४ करोड
२०२८ – ४७ करोड
२०२९ –५१ करोड 
२०३० –५५ करोड

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 
२०२१ – १ अर्ब २२ करोड 
२०२२ –१ अर्ब ३१ करोड
२०२३ – १ अर्ब ४१करोड
२०२४ –१ अर्ब ५१ करोड
२०२५ –१ अर्ब ६२ करोड
२०२६ – १ अर्ब ७४ करोड
२०२७ –१ अर्ब ८७ करोड
२०२८ – २ अर्ब १ करोड 
२०२९ –२ अर्ब १६ करोड 
२०३० –२ अर्ब ३२ करोड

प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  १५:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशका मुख्य राजमार्गहरू बाढी र पहिरोले अवरुद्ध, कुन सडकको अवस्था कस्तो छ?
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा
सम्बन्धित सामग्री
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण विमानले करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो। विमान उडानका क्रममा ककपिटमा धुवाँ देखिएपछि चालक दलले तत्का... आइतबार, असार १४, २०८३
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछ’: पर्यटन मन्त्री पौडेल ट्राङ्क्विलिटी स्पाले शुक्रबार रुपन्देहीको भैरहवामा आयोजित गरेको एक कार्यक्रममा उनले यसको लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको जानक... शनिबार, असार ६, २०८३
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिए । मंगलबार, जेठ ५, २०८३
ताजा समाचारसबै
देशका मुख्य राजमार्गहरू बाढी र पहिरोले अवरुद्ध, कुन सडकको अवस्था कस्तो छ? मंगलबार, असार २३, २०८३
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना मंगलबार, असार २३, २०८३
अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा मंगलबार, असार २३, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्