• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

नेपाल एयरलाइन्सलाई थप ५ वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ जिम्मा 

64x64
नेपाल लाइभ मंगलबार, फागुन १८, २०७७  १५:५७
1140x725

काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप ५ वर्षसम्म ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको अनुमति पाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले माघ १६ गतेदेखि लागू हुने गरी ५ वर्षको समय थप गरेको छ। सरकारी स्वामित्वको नेपाल एयरलाइन्सको आर्थिक अवस्था कमजोर भएको  भन्दै स्वत: समय थप गरेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।

‘प्रतिस्पर्धाबाट ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनका लागि कम्पनी छनोट गरेको भए प्राधिकरणले बढी आम्दानी पाउँथ्यो,’ पोखरेलले भने, ‘तर, हामीले आफूहरुको आम्दानी मात्रै नहेरी निगमको आम्दानीलाई समेत हेरेर निर्णय गरेका हौं।’ तर, निगमले अहिले दिँदै आएको सेवा सुधार गर्दै गुणस्तरीयतमा प्रश्न नउठ्ने गरी काम गर्नु पर्ने उनको भनाइ छ।

प्राधिकरणले सेवालाई गुणस्तरीय बनाउने पर्नेगरी ५ वर्षको लागि ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको समय थप गरिदिएको नेपाल वायुसेवा निगमका महाप्रबन्ध डिम प्रकाश पौडेलले जानकारी दिए।

‘ग्राउन्ड ह्यान्डलिङ सेवालाई गुणस्तरीय र आधुनिक बनाउँदै लैजानु पर्छ। त्यसमा दुईमत छैन। हामी सेवालाई गुणस्तरीय बनाउन आवश्यक लगानी बढाउँदै जाने पनि छौं,’ महाप्रबन्धक पौडेलले भने, ‘अहिले ग्राउन्ड ह्यान्डलिङ सेवाबाट आएको आम्दानीले पनि सहजता भएको छ। निगमबाट ग्राउन्ड ह्यान्डलिङ सेवा बाहिर गएको अवस्थामा निगमले तत्कालको समयमा जहाज उडाएर मात्रै सेवा दिन सक्ने अवस्था छैन।’

प्राधिकरणले भने ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्दा थप गर्नुपर्ने सवारी साधन भने विद्युतीय मात्रै थप्नु पर्ने शर्त अगाडि छ। प्राधिकरणको शर्त अनुसार नै काम गर्ने निगमले जनाएको छ।

निगमले विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनबाट आएको कुल आम्दानीको १५ प्रतिशत रकम प्राधिकरणलाई तिर्नुपर्छ। विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनबाट मात्रै निगमले वार्षिक ४ अर्ब रूपैयाँ भन्दा बढी आम्दानी गरेको छ। कुल आम्दानीको ४० प्रतिशत भन्दा बढी निगमलाई फाइदा छ।

निगमलाई यसअघि प्राधिकरणले बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा समेत ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको लागि अनुमति दिइसेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

के हो ग्राउन्ड ह्यान्डलिङ सेवा?
भूमिस्थ प्रबन्ध (ग्राउण्ड ह्याण्डलिङ्ग) तथा अन्य भूमिस्थ सेवा भनेको  विमानस्थलबाट उडान हुने वायुयानलाई उपलब्ध गराइने भूमिस्थ प्रबन्ध सेवा हो। सामूहिक रुपमा कमर्शियल वा सेल्फ ग्राउण्ड ह्याण्डलिङ्ग गर्ने अनुमति तथा प्रमाणपत्र प्राप्त वायुसेवा वा संस्थाले नेपाल नागरिक उड्डयन प्राधिकरण, वायुयानहरुको भूमिस्थ प्रबन्ध (ग्राउण्ड ह्याण्डलिङ्ग) र एयरसाइडमा प्रदान गरिने अन्य सेवा सञ्चालन गर्न अनुमति पाएका संस्थासँग करार सम्झाैता गरी त्यस्तो सेवा लिन सक्नेछन्।

ग्राउन्ड ह्यान्डलिङ सेवा विस्तारका लागि सवा २७ अर्ब लगानी 
निगमले पनि ३ वटा विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्दै गुणस्तरीय बनाउने गरी १० वर्षमा २७ अर्ब लगानी गर्ने गरी काम अगाडि बढाएको छ।

निगम व्यवस्थापनले सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा निर्माणको चरणमा रहेका गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २७ अर्ब ३३ करोड रुपैयाँ लगानी गर्ने प्रारम्भिक योजना अगाडि सारेको छ।

निगमले अहिले नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा त्रिभुवन विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्दै आएको छ। केही समय अगाडि मात्रै प्राधिकरणले निगमलाई गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ दिने निर्णय गरेको थियो। सोही निर्णय पछि निगम व्यवस्थापनले गौतम बुद्ध र पोखरामा नयाँ संरचना बनाउन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा विस्तार गर्न योजना बनाएको हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा विस्तार तथा गुणस्तरीय सेवा प्रदान गर्नका लागि सन् २०२१ देखि २०३० सम्म १७ अर्ब १७ करोड लगानी गर्ने योजना बनाएको छ।

यसैगरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको पूर्वाधार तयार गर्दै सेवा सञ्चालनका लागि २०३० सम्म ६ अर्ब ११ करोड लगानी गर्ने  निगमको योजना छ।

साथै, निगमले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि २०३० सम्म ४ अर्ब ५ करोड रुपैयाँ लगानी गर्ने गरी योजना अगाडि सारेको छ। तर, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थमा भने निगमलाई ग्राउन्ड ह्यान्डलिङ सेवाबाट नाफा हुने अवस्था रहँदैन। तर, पनि निगमले भविष्यलाई हेरर त्यहाँ सेवा सञ्चालनको तयारी गरेको हो।

सुरुवाती चरणमा गौतम बुद्ध र पोखरामा पौने एक अर्ब लगानी
निगमले निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सुरुवाती चरणमा पौने १ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरेको छ।

निगमका अनुसार पहिलो चरणमा पोखरामा भन्दा भैरहवामा ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गर्न बढी लगानी लाग्ने आकलन गरिएको छ।

निगमका महाप्रबन्धक पौडेलले अहिले लागतको सामान्य अनुमान गरिएको बताए। अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा पहिलो चरणमा ७२ करोड लगानी लाग्ने अनुमान गरिएको उनले जानकारी दिए।

‘भैरहवा विमानस्थलमा लागत धेरै आवश्यक हुने देखिएको छ। भैरहवा विमानस्थलमा टर्मिनलबाट जहाजमा जाने पुल (एरोब्रिज) नभएकाले र्‍याम्प बस आवश्यक हुन्छ,’ पौडेलले भने, ‘यस्ता बस कम्तिमा २ देखि ३ वटा आवश्यक पर्छ भने ती बस खरिदमा प्रतिथान ५ करोड रुपैयाँका दरले पनि १५ करोड रुपैयाँसम्म लाग्न सक्छ। अरु उपकरणको हकमा भने पोखरा र भैरहवामा उस्तै लागत अनुमान भएको छ।’ 

भैरहवा विमानस्थलमा पहिलो वर्ष ४३ करोड र पोखरा विमानस्थलमा २९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ।  

३ विमानस्थलको ग्राउन्डह्यान्डलिङ सेवामा कुन वर्ष कति लगानी?
२०२१ –१ अर्ब ९४ करोड    
२०२२ –२ अर्ब ९ करोड
२०२३ –२ अर्ब २४ करोड
२०२४ –२ अर्ब ४१ करोड
२०२५ –२ अर्ब ५८ करोड
२०२६ –२ अर्ब ७७ करोड
२०२७ –२ अर्ब ९८ करोड
२०२८ – ३ अर्ब २० करोड
२०२९ –३ अर्ब ४३ करोड 
२०३० –३ अर्ब ६९ करोड

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा
२०२१ –४३ करोड    
२०२२  ४७ करोड
२०२३ –५० करोड
२०२४ –५४ करोड
२०२५ –५८ करोड
२०२६ – ६२ करोड
२०२७ –६७ करोड
२०२८ – ७१ करोड
२०२९ –७७ करोड 
२०३० –८२ करोड

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा 
२०२१ – २९ करोड    
२०२२  ३१ करोड
२०२३ –३३ करोड
२०२४ –३६ करोड
२०२५ – ३८ करोड
२०२६ –४१ करोड
२०२७ –४४ करोड
२०२८ – ४७ करोड
२०२९ –५१ करोड 
२०३० –५५ करोड

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 
२०२१ – १ अर्ब २२ करोड 
२०२२ –१ अर्ब ३१ करोड
२०२३ – १ अर्ब ४१करोड
२०२४ –१ अर्ब ५१ करोड
२०२५ –१ अर्ब ६२ करोड
२०२६ – १ अर्ब ७४ करोड
२०२७ –१ अर्ब ८७ करोड
२०२८ – २ अर्ब १ करोड 
२०२९ –२ अर्ब १६ करोड 
२०३० –२ अर्ब ३२ करोड

प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  १५:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्