काठमाडौं–कोरोनाका कारण ठप्प भएको पर्यटक आगमन २०२१ को फेब्रुअरी महिनामा ३ प्रतिशतले बढेको छ। पर्यटम आगमन सन् २०२१ को जनवरी महिनाको तुलनामा फेब्रुअरीमा ३ प्रतिशतले बढको हो।
अध्यागमन विभागका अनुसार सन् २०२१ को फेब्रुअरीमा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ९ हजार १ सय ४६ रहेको छ। जसमा ६ हजार १ सय ५१ जना पुरुष, २ हजार ९ सय ८३ महिना र १२ जना अन्य पर्यटक रहेका छन। सन् २०२१ को जनवरीमा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ८ हजार ८ सय ७४ थियो। सरकारले विस्तरै पर्यटक गतिविधि खुलाएसँगै पर्यटक आगमन बढ्न थालेको हो । तर, सरकार नियमका कारण पर्यटक आगमन सहज भने हुन सकेको छैन।
पर्यटक आगमन सहजताका लागि पर्यटक व्यवसायीले क्वारेन्टाइको नियमलाई खुकुलो बनाउनु पर्ने बताइरहेका छन् भने खोप लगाएर आएका पर्यटकलाई निर्वाध नेपाल भ्रमण गर्न दिनुपर्ने बताउँदै आएका छन्। साथै व्यवसायीले पर्यटक भिसामा पनि सहजता गर्नुपर्ने बताइरहेका छन्। बढी पर्यटक आउने ५ देश नेपाल भ्रमणमा बढी पर्यटक आउने देशमा नम्बर १ मा भारत रहेको छ। भारतबाट फेब्रुअरीमा मात्रै ४ हजार ७ सय ६३ जना पर्यटक नेपाल भ्रमण आएका छन्।
यसैगरी बढी दोस्रो पर्यटक आउने देशको सूचीमा अमेरिका रहेको छ। अमेरिकाबाट फेब्रुअरीमा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या १ हजार १ सय २० रहेको छ। यसैगरी तेस्रोमा चीनबाट ७ सय ८, चौथोमा बेलायतबाट ५ सय २४ र पाँचौंमा बंगलादेशका १ स्य ५६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। यसैगरी जर्मनबाट १ सय २६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।