काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा कर्मचारी संलग्नता प्रतियोगिता आयोजना गरेको छ।
सो प्रतियोगितामा देशभरबाट बैंकका १२४ जना कर्मचारीहरुले लेख, एनिमेसन भिडियो, टिकटक भिडियो र चित्रकला गरी कुल ४ वटा बिधामा सहभागिता जनाएका थिए।
उक्त कार्यक्रमको नतिजा आइतबार सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तिसारमा एक समारोहका बीच सम्पन्न भएको थियो। कार्यक्रममा बैंकका अधिकांश कर्मचारीहरुले डिजिटल रुपबाटै आफ्नो हाजिरी जनाएका थिए।
विजेताहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले पुरस्कार हस्तान्तरण गरेका थिए।
गौतमले यस्ता प्रतियोगिताले कर्मचारीको हौसला बढाउने तथा कर्मचारीहरु माझ हर्ष र उत्साह सृजना गर्ने भएकाले आगामी दिनहरुमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै जाने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।