काठमाडाैं– देशको उत्तरी सीमामा वैध दाबीलाई स्थापित गर्न भारती सेनाले काराकोरम पासबाट लिपुलेकसम्म यात्रा गर्ने भएको छ।
आरामेक्स–२१ नाम दिइएको यात्रालाई सेनाले पर्वतारोहणका साथै अनुसन्धानको रुपमा समेत लिएको भारतीय पत्रिका द टाइम्स अफ इन्डियाले जनाएको छ।
समाचारमा जनाइएअनुसार काराकोरम पासबाट लिपुलेकसम्म ८० देखि ९० दिन लगाएर लद्दाख, हिमाचल, गढवाल र कुमाउँ क्षेत्रमा वास्तविक नियन्त्रण रेखा नजिक यात्रा गर्ने कार्यक्रम रहेको छ।
लिपुलेक पाससम्मको लगभग १५ सय किलोमिटर क्षेत्रमा स्कीइङ गर्ने भारतीय सेनाले जनाएकाे छ। यसको आरम्भ बुधवारबाट गरिनेछ।
यसका साथै विशेष तालिमप्राप्त सैनिकहरूले १४ देखि १९ हजार फीट अग्ला पाराङ ला, लामखागा र मालारीमा पनि यात्रा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।