काठमाडाैं– अमेरिकी बिशेषदूत जाल्मे खलिलजाद अफगानिस्तान र कतारको भ्रमणका क्रममा अफगानी सरकारी अधिकारी र तालिबानी प्रतिनिधिहरूसँग छलफल पुनः सुरु गर्ने भएका छन्।
यसअघि अफगानिस्तानका नेताहरूसँग शान्ति वार्ता छलफल गर्नका लागि उनले यी दुई देशकाे भ्रमण गरिसकेका छन्।
विदेश विभागले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, 'खलीलजाद र उनको टोलीले अन्य क्षेत्रीय राजधानीहरूकाे पनि भ्रमण गर्नेछन्, जसले अफगान द्वन्द्वमा न्याय र दिगो राजनीतिक समाधानको लागि र स्थायी र बृहत्तर युद्धविरामको लक्ष्यका रूपमा काम गर्नेछ।
यसअघि तालिबानले अफगानिस्तान– अमेरिका सरकारले गरेको प्रतिबद्धता पूरा नगरेको आरोप लगाएका थिए।
उनका अनुसार वार्ता सुरु भएको तीन महिना पछि सबै तालिबान कैदीहरूलाई रिहा गर्ने बचन दिइएको थियो।
तर पछिल्लो पाँच महिनायता तालिबानका कुनै पनि कैदीहरु रिहा नभएको उनले बताएका छन्।
अमेरिकामा सत्ता परिवर्तनपछि मंगलबार अफगानिस्तानको सरकार र तालिबानबीच वार्ता सुरु भएको थियो। अमेरिकी राष्ट्रपति जो वाइडेनले गत वर्ष तालिबानसँग भएको सम्झौताबारे पुनर्विचार गरिरहेका जनाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।