काठमाडाैं– पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिका फर्स्ट’को नीति जाे वाइडेनले ‘अमेरिका लास्ट’ बनाएको आरोप लगाएका छन्।
महाभियोगबाट मुक्त भएपछि फ्लोरिडामा भएकाे कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्स (सीपीएसी) मा पहिलोपटक सार्वजनिक मञ्चबाट भाषण गरेका उनले उक्त आराेप लगाएका हुन्।
यस्तै उनले नयाँ पार्टी खोल्न थालेको भनेर चलाइएका हल्लाहरु झुटा रहेको समेत बताएका छन्।
‘नयाँ पार्टी खोले रिपब्लिकनको मत विभाजन हुन्छ। त्यसैले यस्तो कदम चाल्न नचाहेको हुँ र यस्तो योजना पनि बनाएको छैन,’ उनले भने।
उनले सन् २०२४ मा हुने राष्ट्रपति चुनावमा आफूले पुन: उम्मेदवारी दिने संकेतसमेत दिए। ‘चार वर्ष अघि हामीले सुरु गरेको अविश्वसनीय यात्रा अझै धेरै टाढा छ। यो यात्रा सकिएको छैन,’ उनले भने।
गत जनवरीमा संसद भवनभित्र दंगा फैलाउन उक्साएपछि सामाजिक सञ्जाल फेसबुक र ट्विटर लगायत प्लेटफर्म ट्रम्पका अकाउन्टहरु प्रतिबन्धित अवस्थामा छन्। उनले सार्वजनिक रुपमा गरेकाे यही नै पहिलाे भाषण हाे।
सीपीएसीको सम्मेलन वार्षिक रूपमा हुन्छ। जसमा अमेरिका भरिका रूढिवादी नेताले भाग लिन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।