काठमाडाैं– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक अलेक्सी नभाल्नीलाई मस्कोको एक जेलबाट ‘पेनल कालोनी’मा सारिने भएकाे छ।
मानव अधिकार अनुगमनकारी संस्थाका अनुसार नभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्वमा रहेको पूर्व भ्लादिमीर क्षेत्रमा रहेको जेलमा सारिन लागिएकाे हाे।
धेरै दिनसम्म नाभाल्नीका आफन्त तथा शुभचिन्तकलाई समेत उनलाई कहाँ राखिएको भन्ने जानकारी गराएको थिएन। नेल्भनीको सम्भावित स्थानको बारे साताको अन्त्यमा स्थानीय मिडियामा अज्ञात स्रोतका आधारमा रिपोर्टहरू प्रशारित गरिएको थियो।
तर आइतबार उनलाई कहाँ राखिएकाे भन्ने कुराकाे पत्ता लागेकाे थियाे। ‘नाभाल्नीलाई जेल सजाय भुक्तानीका लागि भ्लादिमिर क्षेत्रमा ल्याइएको छ,’ आयोगका सदस्य अलेक्सी मेल्निकोभले इन्फेफ्र्याक्स समाचार संस्थालाई भने, ‘उनलाई केही दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि ‘पेनल कालोनी’मा सारिनेछ।’
नाभाल्नी एक आन्तरिक उडानमार्फत मस्कोका लागि उडेको क्रममा विरामी परेपछि जर्मनी लगिएको थियो। जर्मनीमा गरिएको परीक्षणमा उनलाई सोभियतकालीन बिषाक्त पदार्थ दिइएको दावी गरिएको थियो।
जर्मनीबाट करिब पाँच महिनाको उपचारपछि उनी स्वदेश फर्किएका थिए। लगत्तै उनलाई राज्यसँग गरेकाे प्रतिवद्धतालाई उल्लंघन गरेको अभियोगमा रूसी अदालतले यसै महिना २.५ वर्षको जेल सजाय सुनाएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।