काठमाडाैं- म्यानमारमा सैन्य 'कू'काे विराेधमा आइतबार प्रदर्शनमा उत्रेका मानिसमाथि गाेली प्रहार गर्दा १८ जनाकाे मृत्यु भएकाे छ।
प्रहरीले प्रदर्शनकारीमाथि गोली बर्साउँदा हालसम्मकै धेरै मनिसकाे मृत्यु भएकाे हाे। संयुक्त राष्ट्र संघीय मानवाधिकार कार्यालयले सैनिक कू पछिकाे सबैभन्दा घातक दिन भएकाे टिप्पणी गरेकाे छ।
यगुन, दवेई र मान्डले जस्ता सहरमा प्रदर्शनकारीमाथि प्रहरीले गाेली प्रहार गरेकाे हाे। प्रहरीले प्रदर्शनकारीमाथि सुरुमा अश्रुग्याँस र रबरकाे गाेली प्रहार गरेकाे थियाे। तर, प्रदर्शनकारीहरु पछि नहटेकाेपछि सुरक्षाकर्मीहरुले गाेली चलाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।