काठमाडौं- एनएमबी बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई बी एण्ड बी अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १० प्रतिशतसम्म छुट दिने समझदारी गरेको छ।
उक्त अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहक तथा कर्मचारीहरुलाई फार्मेसीबाट औषधि खरिद गर्दा ५ प्रतिशत र अन्तरंगमा ७ प्रतिशत छुट उपलब्ध गराउने समझदारी गरेको हो।
समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख रिटेल बैंकिङ रोशन रेग्मी र बी एण्ड बी का तर्फबाट प्रमुख प्रशासक प्रकाश भट्टराईले हस्ताक्षर गरेका छन्। एनएमबी बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।