काठमाडौं– कुनै समयमा चर्चित लोकदोहोरी गायक हुन् घमेश दुलाल। आजभन्दा १० वर्षअघि लोकदोहोरी गीत प्रेमीका लागि यो नाम निकै चर्चित थियो।
लामो समयसम्म गुमनाम रहेका उनै गायकले ‘बनको खयर’ बोलको गीतमार्फत फेरी नेपाली संगित क्षेत्रमाा ‘कमब्याक’ गरेका छन्।
गीतलाई ‘डीएआर’ युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ। घमेशसँगै महिलाको आवाजमा अहिले चलेकी गायिका प्रविशा अधिकारीले साथ दिएकी छन्।
प्रवभन जे को संगितमा रहेको गितलाई शिव हमालले लेखेका हुन्। गीतको भिडियोमा कलाकार बुद्धि तामाङ, टिकटकमा निकै रुचाइएका पुरुषोत्तम सिग्देल र सत्यकला लामाको मुख्य अभिनय छ।
घमेशले १० वर्षअघि नारायण थानमा गेट, आमाको आर्शिवाद, अन्तिम चिठ्ठी, दमौलीमा गेट लगायतका गीत निकालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।