काठमाडाैं– साउदी अरब सरकारले पत्रकार जमाल खाशोग्गीकाे हत्यामा आफ्ना युवराज मोहम्मद विन सलमानकाे हात रहेकाे रिपोर्टलाई अस्वीकार गरेको छ।
अनुसन्धान रिपोर्ट तयार पार्न अमेरिकी गुप्तचर विभाग सीआईएले मुख्य भूमिका निर्वाह गरेको बताइएको छ।
अमेरिकी राष्ट्रपति जो वाइडेनले यो रिपोर्ट पढिसकेकाे जनाइएको छ र उनले यसबारेमा युवराज सलमानसँग कुराकानी पनि गरेकाे दावी गरिएकाे छ।
याेसँगै अमेरिकाले इस्ताबुल अप्रेशनका लागि युवराज सलमानले मन्जुरी दिएकाे दावी गरेकाे हाे। जसको उद्देश्य खाशोग्गीलाई पक्राउ गर्ने वा मार्ने थियो।
तर विदेश मन्त्रालयले अमेरिकी गुप्तचर निकायले नक्कली रिपोर्ट तयार पारेर सार्वजनिक गरेको आरोप लगाएको छ।
‘साउदी युवराजको अपमान हुने ढंगले रिपोर्ट सार्वजनिक भएको छ। जुन एक भ्रम हाे। यस्ताे फर्जी रिपोर्टलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिनन्,’ विदेश मन्त्रालयले भनेको छ।
साउदी युवराजले यस घटनामा कुनै पनि रुपमा संलग्न रहेको आरोपलाई अस्वीकार गरेका छन्।
साउदी अरबका कट्टर आलोचक मानिने खाशोग्जी एक चर्चित पत्रकार तथा लेखक हुन्। उनी ‘अल अरब’ न्यूज च्यानलका पूर्व प्रधान सम्पादकसमेत हुन्।
खाशोग्जीकाे २ अक्टोबर २०१८ मा टर्कीको राजधानी इस्तानबुलस्थित दूतावास हत्या भएकाे थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।