काठमाडाैैं– अमेरिकी गुप्तचर निकायले पत्रकार जमाल खाशोग्गीको हत्यामा साउदी अरबका युवराज मोहम्मद विन सलमानकाे संलग्नता रहेकाे दावी गरेकाे छ।
खाशोग्गी हत्याको अनुसन्धान रिपोर्ट सार्वजनिक हुनुपूर्व नै निर्वासनमा रहेका खाशोग्गीको हत्याको मञ्जुरी युवराज सलमानले दिएको दावी गरिएकाे हाे।
अनुसन्धान रिपोर्ट तयार पार्न अमेरिकी गुप्तचर विभाग सीआईएले मुख्य भूमिका निर्वाह गरेको बताइएको छ।
अमेरिकी राष्ट्रपति जो वाइडेनले यो रिपोर्ट पढिसकेकाे जनाइएको छ र उनले यसबारेमा युवराज सलमानसँग कुराकानी पनि गरेकाे दावी गरिएकाे छ।
कुराकानी गरेसँगै वाइडेन प्रशासनले शुक्रबार उक्त रिपोर्टमा युवराज सलमानले नाम सार्वजनिक गरिएकाे हाे।
अमेरिकीको उक्त रिपोर्टमा भनिएको छ, ‘हाम्रो ठहर छ कि इस्ताबुल अप्रेशनका लागि युवराज सलमानले मन्जुरी दिएका थिए। जसको उद्देश्य पत्रकार जमाल खाशोग्गीलाई पक्राउ गर्ने या मार्ने थियो।’
अमेरिकाले पहिलो पटक खाशोग्गीको हत्यामा युवराज सलमानको हात रहेकाे दावी गरेकाे हाे। तर युवराज सलमानले भने यो आरोप अस्वीकार गर्दै आएका छन्।
साउदी अरबका कट्टर आलोचक मानिने खाशोग्जी एक चर्चित पत्रकार तथा लेखक हुन्। उनी ‘अल अरब’ न्यूज च्यानलका पूर्व प्रधान सम्पादकसमेत हुन्।
खाशोग्जी सन् २०१७ सेप्टेम्बरमा साउदी अरबबाट भागेर अमेरिका पुगेका थिए। उनले देशबाहिरबाटै साउदी अरब सरकार र युवराज सलमानको आलोचना गर्दै लेखहरु लेख्दै आएका थिए।
उनले पछिल्लो समय ‘द वासिङटन पोस्ट’मा नियमित स्तम्भ लेख्दै आएका थिए। आफ्नो पूर्वश्रीमतीसँग सम्बन्धविच्छेद गरेका उनी टर्कीको एक महिलासँग विवाह गर्ने तयारीमा थिए।
सम्बन्धविच्छेदको कागजपत्र लिन सेप्टेम्बर २८ मा उनी पहिलोपटक टर्कीस्थित साउदी अरबको वाणिज्य दूतावासमा गएका थिए।
उनलाई त्यहाँबाट फेरि आउन भनिएकाले उनी २ अक्टोबर २०१८ मा टर्कीको राजधानी इस्तानबुलस्थित दूतावास गएका थिए। तर, उनको हत्या भयो। उनको मृत शरिरलाई क्षतविक्षत अवस्थामा रहेको थियो।
तर अन्तर्राष्ट्रिय दबावसँगै खाशोग्जीको हत्या भएको स्वीकार गरेको थियाे, यसकाे जिम्मा पनि लिएकाे थियाे। तर साउदी राजकुमार सलमानको संलग्नता भने नरहेकाे जनाइएकाे थियाे।
यो घटनामा टर्कीले १८ संदिग्धलाई बुझाउन माग गरेको थियो, जसमा १५ एजेन्ट थिए र उनीहरु हत्याको योजना सफल बनाउन इस्तानबुल पुगेको टर्कीको दाबी थियो । तर साउदीले टर्कीको माग अस्वीकार गरेकाे थियाे।
यस घटनामा साउदी अरबको अदालतले पाँचजनालाई मृत्युदण्डको फैसला सुनाएको भएपनि पछि २० वर्षको जेल सजायमा बदलिएको छ।
साउदी अरबको सरकारी अभियोजक शलान अल-शलानले त्यसबेला भनेका थिए, ‘यो मुद्दामा ती पाँचै जनालाई मृत्यु दण्डको फैसला सुनाइएको छ। किनकी उनीहरु प्रत्यक्ष रुपमा संलग्न थिए।’
यसका साथै अरु तीनलाई २४ वर्षको जेल सजाय सुनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।