काठमाडाैं– नाइजेरियाको जाम्फ्रामा सयौं स्कुले विद्यार्थीहरुको अपहरण भएको आशंका गरिएकाे छ। शुक्रबार आतंककारीहरुकाे एक समूहले स्थानीय समय अनुसार रातको करिब १ बजे ३ सय छात्राहरुलाई अपहरण गरेका हुन्।
बिबिसीका अनुसार जन्गेबे इलाकाको एक विद्यालयमा मोटरसाइकल र गाडीमा आएका बन्दुकधारीहरुले हमला गरेका थिए।
उनीहरुले सरकारी सुरक्षाकर्मी झै देखिने पोशाक लगाएका थिए। आंक्रमण गरेपछि उनीहरुले छात्राहरुलाई जवर्जस्ती गाडीमा हालेका थिए।
यो अपहरणले अभिभावकहरु चिन्तित भएका छन् र उनीहरु विद्यालयमा जम्मा भएर जङ्गलमा आफ्ना बच्चा खोजि गर्न थालेका छन्। एक शिक्षकका अनुसार विद्यालयमा कूल ४२१ विद्यार्थी रहेका थिए भने ५५ जना सुरक्षित रहेका छन्।
सरकारका प्रवक्ताले पनि यो हमलाको पुष्टि गरेका छन् तर धेरै जानकारी दिएका छैनन्। पछिल्ला हप्तामा अपहरणको घटना भइरहेपनि यो सवैभन्दा ठूलो हो।
नाइजेरियामा हतियारधारी समूहले प्राय: फिरौतिका लागि मानिसहरुको अपहरण गर्ने गर्दछ। छिमेकी देश नाइजरमा पछिल्लो हप्ता मात्रै २७ विद्यार्थीसहित ४२ जनाको अपहरण भएको थियो।
उनीहरुकाे अवस्था अहिलेसम्म अज्ञात छ। गत वर्ष डिसेम्बरमा पनि ३०० भन्दा धेरै विद्यार्थीको अपहरण भएको थियो। वार्तापछि उनीहरुलाई रिहाइ गरिएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।