काठमाडाैं- गायक बद्री पंगेनीले नयाँ लोकगीत सार्वजनिक गरेका छन्। बिर्सियौ बोलको गीत उनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्।
पंगेनीलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएकी छन्। रेविन परियार, सुनितामी परियार, राजेश बर्देवा र तिलक बस्नेतले सामूहिक कोरस गाएका छन्।
गीतको शब्द र संगीत पंगेनीको नै रहेको छ। गीतको भिडियोमा भने सुनिल क्षेत्री र प्रिया अधिकारीलाई देख्न सकिन्छ। सुनिल आफैंले भिडियोको निर्देशन गरेका हुन्। भिडियो छायांकन भने ज्ञानेन्द्र शर्मा हुमागाइँले गरेका छन्। भिडियो करिब ११ मिनेटको बनाइएको छ।
हेर्नुहोस् भिडियो:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।