काठमाडाैं– सिरियामा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी इरान समर्थक कम्तीमा १७ लडाकू मारिएका छन्।
‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’का अनुसार इरानको सीमा क्षेत्रमा पर्ने सिरियाली क्षेत्रमा सो हवाई कारबाही भएको थियो ।
अब्जरभेटरी प्रमुख रामी अब्दुल रहमानले एएफपीलाई इरान समर्थक १७ लडाकू मारिएका पुष्टि गरेका हुन्।
उनका अनुसार पहाडी इलाकामा भएको यस हवाई कारबाहीमा तीन वटा ट्रकहरू ध्वस्त भएका छन्।
तर यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।