काठमाडाैं– बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आह्वान गरेका छन्।
कोरोना भाइरसको महामारी अन्त्य नभएकाले सतर्कता अपनाउदै सवै मापदण्ड पालना गर्नु अत्यावश्यक रहेको उनको भनाइ छ।
कोरोना भाइरस विरुद्धको खोप लगाएपनि स्वास्थ्य मापदण्ड पालना गर्न भने हेलचक्र्याइ गर्न नहुनेमा उनले सवैको ध्यानाकर्षण गराएका छन्।
राजधानी ढाकाबाट बिहीबार एउटा कार्यक्रमलाई भिडियोमार्फत् सम्वोधन गर्दै उनले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न दोहोर्याएर आग्रह गरेका हुन्।
मास्कको प्रयोग गर्ने, साबुन पानीले हात धुने, हातमा सेनिटाइजर लगाउने, सामाजिक दुरी कायम गर्नेलगायतका आधारभूत मापदण्डको पालना गर्न उनले जोड दिएका थिए।
स्वास्थ्य मापदण्डहरुको पालना नै कारोनाभाइरसविरुद्धको लडाइको मुख्य उपाय भएको प्रधानमन्त्री हसिनाको ठहर छ।
बङ्गलादेशमा बिहीबार एक दिन मात्रै १४० जना नयाँ सङ्क्रमित भेटिएका छन् भने कम्तीमा पाँच जनाको मृत्यु भएको छ।
सरकारी अधिकारीहरुका अनुसार कोरोनाका कारण बङ्गलादेशमा अहिलेसम्म पाँच लाख ४४ हजार ९५४ जना सङ्क्रमित हुँदा आठ हजार ३८४ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा देशभरी १५ हजार ५६० जनाको कोरोना परीक्षण गरिएको पनि अधिकारीहरुले जानकारी दिएका छन्।
त्यसैगरी बङ्गलादेशमा अहिलेसम्म चार लाख ४९ हजार ७५५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। तीमध्ये ९५७ जना बिहीबार सङ्क्रमणमुक्त भएका हुन्।
#सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।