काठमाडाैं– बेलायती अदालतले भारतको पञ्जाब नेशनल बैंक (पीएनबी) घोटालाका अभियुक्त तथा चर्चित हिरा व्यापारी निरव मोदीलाई सुपुर्दगी गर्न सरकारलाई आदेश दिएको छ।
लन्डनमा बिहीबार बिहान भर्चुअल बहसमार्फत न्यायाधीश सायुयल गुजीले भारतमा चलिरहेको मुद्धामा छानबिन गर्नका लागि उनलाई सुपुर्दगी गर्न आदेश दिएको हो। यो निर्णय २ वर्ष लामो कानूनी लडाई पछि आएको हो।
बहसको क्रममा उनले निरवविरूद्ध मुद्धा चलाउन पर्याप्त प्रमाण भएको समेत बताए।
यस्तै अदालतले निरवको मानसिक अवस्था ठीक छैन भन्ने तर्कलाई पनि खारेज गरेको छ। न्यायधिसले भने– उनलाई त्यस्तो कुनै समस्या छ जस्तो लाग्दैन।
अदालतले मुम्बईको आर्थर रोड जेलको १२ नम्बर सेलमा निरवलाई राख्न भनेकाे छ।
यता भारत सरकारले पनि आर्थर रोड जेल निरव बसिरहेकाे लन्डनकाे जेलकाे सेल भन्दा राम्रो भएकाे बताएकाे थियाे।
न्ययधिसले भारत सुपुर्दगी गरे पनि निरवले न्याय पाउने बताएका छन्।
यसअघि निरवले सुपुर्दगी गरिए आफूमाथि निष्पक्ष सुनुवाई नहुने भन्दै आत्महत्या गर्ने चेतावनी दिँदै आएका थिए।
उनीमाथि २ अर्ब डलर घोटला गरेको आरोप छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।