काठमाडाैं– विभिन्न कम्पनीहरुले निष्कासन गर्ने प्राथमिक सेयर (आइपीओ) अब ३ वटा वेबसाइटबाट मात्रै हेर्न मिल्ने छ।
लामो समयदेखिको यो बहसपछि सीडीएससी एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा अबदेखि सञ्चारमाध्यमबाट आइपीओको नतिजा प्रकाशित नगर्ने निर्णय गरेको हो ।
अब पहिलो सम्बन्धित कम्पनीको वेवसाइट, दोस्रो बिक्री प्रबन्धक र तेस्रो मेरो सेयरको वेवसाइटबाट मात्रै नतिजा हेर्न पाइनेछ । यसअघिसम्म विभिन्न संचार माध्यमहरुले समेत आइपिओको नतिजा राख्दै आएका थिए।
लगानीकर्ताको डिम्याट नम्वर र उनीहरुको विवरण सुरक्षित राख्नुपर्ने बिनियमावलीअनुसार संचार माध्यमलाई व्यक्तिगत विवरण नदिन यस्तो निर्देशन दिइएको सिडिएस एण्ड क्लियरिङका सिइओ पूर्णप्रसाद आचार्यले जानकारी दिए।
लगानीकर्ताको विवरण चुहावट भई दुरुपयोग हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न यसले मद्दत पुग्ने आचार्यले बताए।
अन्य सञ्चारमाध्यमबाट आइपीओको नतिजा हेर्न नपाइने भएपछि मेरो सेयरको वेवसाइटमा चाप पर्ने निश्चित छ । यसका लागि सीडीएससीले क्षमता वृद्धिका लागि पनि काम गरिरहेको उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।