काठमाडौं- गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिएकी छिन्। प्रेमी थीर कोइरालासँग पन्त विवाह बन्धनमा बाँधिएकी हुन्।
बुधबार उनीहरूले ललितपुरको पाटनस्थित एक चर्चमा बिवाह गरेका हुन्। दुवैजना इसाई धर्ममा आस्था राख्ने भएकाले चर्चमा विवाह गरेका हुन्।
यो जोडी एक वर्षदेखि प्रेम सम्बन्धमा थिए। विवाहमा दुवै पक्षका सीमित आफन्त मात्र सहभागी थिए।
एक दशकअघि पन्तले गायक मनोजराजसँग डिभोर्स गरेकी थिइन्। पन्तकी एक छोरी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।