• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर २८, २०८२ Sun, Dec 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

निर्वाचनबाट देउवाले देखेका लाभ

64x64
लिलु डुम्रे मंगलबार, फागुन ११, २०७७  ०८:४८
1140x725

काठमाडौं–पुष्पकमल दाहाल ‘प्रचण्ड’–हामी त फुटी नै सक्यौं। ठूलो दल हुने तपाईंहरू नै हो। २ वर्षपछि हुने निर्वाचनमा पनि ठूलो दल हुने तपाईंहरू नै हो। चुनावका लागि त्यतिबेलासम्म त पर्खनुस्। (पुस ९)

प्रचण्ड–गणतन्त्रको घोषणा पनि गिरिजाप्रसाद कोइरालाले गर्नुभएको हो। नेपाली कांग्रेसका सबै नेता कार्यकर्ताले सम्झिनु भएकै होला नि यो कुरा। प्रधानमन्त्रीलाई विशेष अधिकार दिन हुँदैन भन्ने सुशील कोइराला संविधान बनाउँदा प्रधानमन्त्री हुनुहुन्थ्यो। चलाखीका साथ तपाईंहरूले उहाँलाई ‘फादर अफ कन्स्च्यिुसन’ भन्नुभएको थियो। उहाँहरू दुवै जना अहिले हुनुहुन्न। संविधानमाथि घात हुँदा संयुक्त आन्दोलन गर्ने र केपीको निरंकुशतालाई सदाका लागि परास्त गर्ने अवसर कांग्रेसलाई हो। (माघ २८)

रामचन्द्र पौडेल–कांग्रेसले किन चुनाव–चुनाव भन्ने? चुनाव त पञ्चायतको बेलामा पनि भएको थियो। चुनाव भन्ने कुरा जहिले पनि होला। तर, संविधान बच्यो भने, लोकतन्त्र बच्यो भने तब चुनावको अर्थ हुन्छ। (फागुन ६)

० ० ०

संसद पुनःस्थापनाको मागसहित कांग्रेस सडकमा आउनुपर्ने जोड पार्टीभित्र र बाहिर दुवैतिरबाट छँदै थियो। तर, पार्टी सभापति शेरबहादुर देउवाले पार्टी भित्रको आवाज त सुनेनन् नै। संयुक्त आन्दोलनका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको प्रस्ताव समेत लत्याइदिए।

पार्टी संस्थापनइतरका नेताहरूको जोडबलले सडकमा आएको कांग्रेसले यतिबेला सडक प्रदर्शनमार्फत गर्ने विरोधलाई पूर्ण रुपमा रोकेको छ। त्यसको कारण भनेको देउवा निर्वाचनमुखी हुनु हो। वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले संसद पुनःस्थापनाको मागसहित सडकमा जान जोड गरे पनि त्यसका लागि देउवा तयार भएनन्। अन्ततः देउवाकै इच्छा मुताविक सडकमा विरोधका कार्यक्रम घोषणा हुन सकेन।

प्रधानमन्त्री केपी शर्मा ओली वैशाख १७ र २७ मै चुनाव हुन्छ भनेर भाषण गर्दै हिँडेका छन्। संविधान अनुसार, प्रतिनिधि सभा विघटन भएको मितिले ६ महिनाभित्र चुनाव गराइसक्नु पर्छ। तर स्वयं ओलीले नखोजेको सुविधा दिनलाई देउवा अघि सरेका छन्। उनले फागुन ३ मा भैरहवामा भनेका थिए–‘असार ५ गतेसम्म निर्वाचन नभए ओली विरुद्ध कांग्रेसले आन्दोलन गर्छ।’

निर्धारित समयमा निर्वाचन भयो भने त्यसको प्रत्यक्ष लाभ कांग्रेसले त उठाउँछ नै। व्यक्तिगत फाइदाका लागि देउवाको ‘भाग्योदय’ हुनेछ। निर्वाचनले देउवालाई निकट भविष्य हुँदै अलि पछिसम्म लाभ हुनेछ। त्यसलाई देउवाले बुझिसकेका छन्।

Ncell 2
Ncell 2

चुनाव हुने स्थितिमा उनलाई उम्मेदवार छनोट गर्ने अधिकार हुनेछ। उम्मेदवारको टिकट अधिकतम रुपमा आफू निकटलाई बाँड्छन्। चुनावका बेलामा टिकट बेचिने गरेको आरोप कांग्रेसभित्रै छ। यसले देउवालाई दोहोरो लाभ पुग्ने देखिन्छ। मुख्यतः देउवाले टिकट प्रदान गरेकाहरू उनीप्रति नै ‘बफादार’ हुन्छन्। विजयी अनुहार पनि उनी पक्षकै बढी हुन्छन्। जसले गर्दा संसदीय दलमा उनी बलिया हुन्छन्।

अर्कोतिर, सरकारले वाचा गरे अनुसारको ‘डेलिभरी’ दिन नसकेको र प्रतिनिधि सभा विघटन गरेर संविधानलाई घात गरेको जस्ता विषयलाई उनले चुनावी विषय बनाउन पाउँछन्। मुख्य कुराचाहिँ नेकपा विभाजन भएकाले त्यसको सहज लाभ कांग्रेसलाई नै पुग्छ। यसरी आगामी चुनावबाट कांग्रेस सबैभन्दा ठूलो दल हुने आँकलन भइरहेको बेलामा संसदीय दलको नेता हुँदै देउवा पुनः प्रधानमन्त्री बन्न सक्छन्।

गत निर्वाचनमा कांग्रेस प्रत्यक्षतर्फ २३ सिट ल्याएर खुम्चिएको थियो। समानुपातिक तर्फ ३१ लाख २८ हजार ३८९ मत पाएको कांग्रेसले ४० सिट आर्जन गरेको थियो। त्यतिबेला प्रतिस्पर्धी बनेका झण्डै ५० जना कांग्रेस उम्मेदवारले पाँच हजार वरपरको मतान्तरले हार बेहोरेका थिए। यसैलाई आधार मान्दा पनि प्रत्यक्षमा ७० भन्दा बढी सिटमा कांग्रेसले जित्ने देखिन्छ। समानुपातिक पनि केही सिट बढ्ला नै। किनकि, विभाजित नेकपाको चुनावी अभियानको मुख्य सूत्र नै एक अर्कालाई हराउनमा केन्द्रित हुने भएकाले कांग्रेसलाई थप लाभ पुग्छ। त्यस्तै, तटस्थ मतदाताको लाभ पनि कांग्रेसले नै पाउने सम्भावना रहन्छ।
नेकपाको विकल्पमा कांग्रेस मात्रै भएकाले पहाडी जिल्लाको मत कांग्रेसको पक्षमा नै बढी जानेछ। वैकल्पिक शक्ति दुई दल बाहेक अन्य नदेखिएको हुँदा अन्ततः कांग्रेसकै मत बढ्नेमा कांग्रेस नेताहरू ढुक्क देखिन्छन्। तर, मधेस केन्द्रित दलहरूबीच एकीकरण भएकाले कांग्रेसको आधार क्षेत्रका रुपमा परिचित मधेसमा भने उसको सिट केही खुम्चिन सक्छ।

गत निर्वाचनमा देउवाको कारण पार्टीले ऐतिहासिक पराजय भोगेको मत कांग्रेसभित्र बलियो थियो। जसका कारण चुनावी समीक्षामा उनी र उनी पक्षका नेताहरू रक्षात्मक रहँदै आएका थिए। अब तत्कालै चुनाव भएमा उनले सो आरोपबाट मुक्त हुन पाउनेछन्।

चुनावमा ठूलो दल बनेसँगै देउवाले राज्य सत्तामा मात्रै होइन, पार्टी सत्तामा पनि थप लाभ पाउनेछन्। आसन्न १४ औं महाधिवेशनमा उनले ‘आफ्नै कारणले निर्वाचनमा विजयी भएको’ तर्क र आधार प्रस्तुत गर्न पाउँछन्। अहिले नै पार्टी महाधिवेशन भएको अवस्थामा उनका लागि कठिन रहेको भनिएको सभापतिमा दोहोरिने चाहना चुनावी जितसँगै सहज बन्छ। प्रतिनिधि सभा पुनःस्थापना भए पनि ‘समय’ देउवाकै दाहिना छ।

पुनःस्थापना भयो भने त्यस अवस्थामा नेकपाका दुबै धारले सरकार बनाउन कांग्रेसको साथ खोज्नैपर्ने बाध्यात्मक अवस्था बन्छ। त्यसबेला देउवाको ‘बार्गेनिङ पावर’ बढ्नेछ। प्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालयले उनले दाबी गर्नेछन् नै। नेकपा अध्यक्ष प्रचण्डले समेत संसद पुनःस्थापना पश्चात् प्रधानमन्त्रीमा देउवालाई स्विकार्ने सार्वजनिक रुपमै बताइसका छन्।

त्यसबेला ओली पक्षले पनि देउवालाई अघि सार्नुपर्ने हुन्छ। संसद पुनःस्थापनापछि हुने सरकारमा कांग्रेसको ‘पोजिसन’ बलियो हुनेछ। संसद पुनःस्थापनासँगै प्रधानमन्त्री बन्ने अवसर प्राप्त हुने देउवाको भाग्य त्यतिमै मात्रै सीमित हुँदैन।

सरकारको नेतृत्व सम्हाल्ने अवसर पाएका देउवाले पार्टीमा पकड पनि बलियो बनाउँदै जानेछन्। पार्टी केन्द्रीय सदस्य तथा पदाधिकारीमा आफ्नो भूमिका थप बलियो बनाउनेछन्। संशोधित विधानमा कोषाध्यक्ष बाहेकका पदाधिकारी निर्वाचित हुने प्रावधान छ। निर्वाचित हुनका लागि पनि कुनै न कुनै गुटको छहारी त खोज्नैपर्ने हुन्छ। त्यसबेला देउवाले आफू पक्षीय नै पदाधिकारी निर्वाचित हुने गरी महाधिवेशनमा उम्मेदवार उठाउनेछन्। सत्ताको बागडोरसँगै देउवाले पार्टीमा आफ्नो खुम्चिँदै गएको शक्तिलाई थप मजबुत बनाउने अवसर पनि प्राप्त गर्नेछन्।

प्रतिनिधि सभा पुनःस्थापित भएपछि उनी प्रधानमन्त्री भए पनि आगामी निर्वाचनसम्म सम्भवतः उनी नै निरन्तर पदमा रहिरहनेछन्। त्यसबीचमा पार्टी सभापति बने र आम निर्वाचन पनि गराउन पाए भने उनी थप बलियो बन्न सक्छन्।

जानकारहरूको तर्क छ, ‘प्रधानमन्त्री ओलीले निर्वाचन गर्नका लागि मिति घोषणा गरेकै होइनन्।’ कांग्रेसकै नेताहरू भन्छन, ‘निर्वाचन वैशाखमा हुँदैन भन्नेमा देउवा पनि ढुक्कै छन्।’ तर, निर्वाचन वैशाखमै हुनुपर्नेमा प्रधानमन्त्री ओलीको भन्दा देउवाको स्वर चर्को छ। फागुन ३ मा भैरहवामा भएको प्रतिनिधि सभा विघटन विरोधी सभामा उनी निर्वाचन आयोगप्रति खनिए। भने, ‘वैशाखमा चुनाव गर्छु भनेर ओलीले भनिरहेका छन्। निर्वाचन आयोगले किन भन्दैन?’

उनको आक्रोश निर्वाचन आयोगप्रति थियो। निर्वाचन आयोगले कार्यतालिका प्रकाशित नगरेकोप्रति कोही एकदमै असन्तुष्ट छन् भने ती देउवा नै हुन्। निर्वाचन आयोगप्रति देउवाले आक्रोश देखाएको एक दिनपछि मात्रै ओलीले पनि आयोगको कामकारबाहीप्रति असन्तुष्टि जनाएका थिए। पार्टीको महाधिवेशन समयमा गर्न नसक्ने देउवाले निर्वाचन आयोगलाई प्रश्न गर्दा आफ्नो दायित्व भने भुलेका छन्।

देउवाको निर्वाचन मोहप्रति कांग्रेसका एक नेता भन्छन्, ‘सभापतिज्यू निर्वाचनकै पक्षमा देखिनुमा केही पाउँछु भन्ने लागेरै होला। कि, ओलीसँग गरिएका भित्री समझदारी वा सेटिङ पनि होलान्।’

असंवैधानिक तरिकाले भएको निर्वाचनले पार्टीलाई आत्मघाती हुने उनले बताए। उनका अनुसार देउवाले निर्वाचनप्रति उच्च मोह देखाउनुमा दुई कारण छन्। व्यक्तिगत लाभ वा उनीमा अन्य केही विषयले भयंकर डर जमाएको छ।

संसद पुनःस्थापना भयो भने त्यसपछिको सरकार पनि निर्वाचनको दिशातिर होमिनु नै पर्ने हुन्छ। देउवालाई उक्त नियमित निर्वाचनले समेत साथ दिनेछ। दुई ठूला दलको विभाजनको लाभ २०७९ सालमा हुने नियमित निर्वाचनमा उनले उठाउनेछन्। संसद पुनःस्थापना भएको आधारमा पनि देउवालाई प्रधानमन्त्री हुने ‘भाग्य’ ६ पटकसम्म देखिन्छ। यसअघि उनी चारपटक प्रधानमन्त्री बनिसकेका छन्।

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  ०८:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
एकपक्षीय प्रतिनिधि छानेको भन्दै ईश्वर पोखरेल समूहको आपत्ति शुक्रबारको सचिवालय बैठकमा ओली र पोखरेल समूहले ६०/४० को अनुपातमा प्रतिनिधि मनोनित गर्ने सहमति भए पनि ओली समूहले एकलौटी गरेको भन्दै आप... शनिबार, मंसिर २७, २०८२
यी हुन् एमालेका १०८ मनोनीत महाधिवेशन प्रतिनिधि (सूचीसहित) १०८ जना प्रतिनिधि मनोनीत भएसँगै एमालेको ११औँ महाधिवेशनमा सङ्ख्या २ हजार २ सय ६२ जना प्रतिनिधिले मतदान गर्न पाउने भएका छन् । शनिबार, मंसिर २७, २०८२
सुनिता डंगोल महाधिवेशन प्रतिनिधि मनोनीत एमालेको शुक्रबार बसेको सचिवालयले ११ औँ महाधिवेशनमा सहभागी हुने १ सय ८ प्रतिनिधि मनोनीत गर्दा डंगोल पनि परेकी हुन् । शनिबार, मंसिर २७, २०८२
ताजा समाचारसबै
लुम्बिनी लायन्स एनपीएल सिजन २ को च्याम्पियन शनिबार, मंसिर २७, २०८२
एनपीएल फाइनल: सुदूरले दियो लुम्बिनीलाई ८६ रनको झिनो लक्ष्य शनिबार, मंसिर २७, २०८२
सुदूरविरुद्ध कम्तान रोहितको ह्याट्रिक विकेट शनिबार, मंसिर २७, २०८२
अहिले संवैधानिक निकासको मार्ग निर्वाचन नै हो : कार्यबाहक सभापति खड्का शनिबार, मंसिर २७, २०८२
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध सुदूरको खराब सुरुवात शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल समूहको युवा भेला शुक्रबार, मंसिर २६, २०८२
एमाले महाधिवेशनमा ईश्वरको अवधारणापत्रमा छलफल नहुने शुक्रबार, मंसिर २६, २०८२
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन्? शुक्रबार, मंसिर २६, २०८२
एकपक्षीय प्रतिनिधि छानेको भन्दै ईश्वर पोखरेल समूहको आपत्ति शनिबार, मंसिर २७, २०८२
यी हुन् एमालेका १०८ मनोनीत महाधिवेशन प्रतिनिधि (सूचीसहित) शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्