काठमाडौं– नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय जलेश्वर वितरण केन्द्र, महोत्तरीमा कार्यरत तीन कर्मचारीविरुद्ध बिशेष अदालतमा मुद्दा दायर भएको छ। उनीहरु गत महिना ३० हजार घुससहित पक्राउ परेका थिए।
कर्मचारीहरु लालबाबु पण्डित, बाबुसाहेब सिंह र संजिबकुमार साहविरुद्ध मुद्दा दायर भएको हो।
सेवाग्राहीको राईस मिलमा थ्रि –फेज विद्युत मिटर जडान गर्ने प्रयोजनका लागि उनीहरुले घुस लिएका थिए। सेवाग्राहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई खबर गरेर घुस दिएका थिए। जसकारण उनीहरु घुस लिएलगत्तै पक्राउ परेका थिए।
सुरुमा लालबाबु र बासाहेक मात्र पक्राउ परेकोमा थप अनुसन्धान गर्दा इलेक्ट्रिसियन संजिव कुमार साहको समेत संलग्नता खुलेपछि तीन जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको आयोगका प्रवक्ता दीर्घराज मैनालीले बताए।
बिगो बमोजिम जरिवाना र ३ देखि ४ महिनासम्म कैद सजाय माग गरी मुद्दा दायर गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।