• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अचम्मको कार्यसम्पादन सूचक : चिठी लेख्ने बित्तिकै ८० नम्बर पाइने!

64x64
सविन मिश्र मंगलबार, फागुन ११, २०७७  ०७:२५
1140x725

काठमाडौं- सार्वजनिक संस्थान तथा सरकारले खोलेका विभिन्न कम्पनीमा कर्मचारी तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई प्रोत्साहन गर्न कार्यसम्पादन सूचक र त्यसैका आधारमा प्रोत्साहन भत्ताको व्यवस्था गरिएको हुन्छ। कर्मचारीको कार्यसम्पादन वृद्धि गर्न र नतिजा बढाउन यस्ता सूचक निर्धारण गरिन्छ।

सरकारले पूर्ण स्वामित्वमा स्थापना गरेको एउटा कम्पनी छ, जसमा सामान्य कार्यसम्पादन गर्ने बित्तिकै त्यहाँका कर्मचारी र प्रमुख कार्यकारी अधिकृतले ८० अंक पाउँछन्। राष्ट्रिय प्रसारण ग्रिड कम्पनीमा जम्मा तीन तहको अंक दिने गरी कार्यसम्पादन सूचक तयार गरिएको छ, जसमा कर्मचारीले केही काम नगरे शून्य अंक पाउँछ, थोरै काम भए ८० अंक पाउँछ र काम फत्ते भए १०० अंक पाउँछ।

२५ अर्ब रूपैयाँ अधिकर्त पुँजी भएको कम्पनीको जारी पुँजी १० अर्ब रूपैयाँ र चुक्ता पुँजी ३ अर्ब ४ करोड रूपैयाँ छ। विभिन्न मन्त्रालय र नेपाल विद्युत प्राधिकरणको स्वामित्व रहेको कम्पनीमा ४ वर्ष सिइओ भएका नेत्र ज्ञवाली दोस्रो कार्यकालका लागि पनि कम्पनीमा फर्केका छन्। पुल्चोक इन्जिनियरिङ कलेजमा इलेक्ट्रिकल इन्जिनियरिङका सहप्राध्यापक उनी कम्पनी खुलेलगत्तै सिइओ भएका हुन्।

'कार्यसम्पादन सूचक देखेर नै हामी छक्क पर्‍यौँ, कुनै सूचकमा एउटा चिठी मात्रै लेखे पनि ८० नम्बर पाइने गरी सूचक तय गरिएको रहेछ,' कम्पनी सञ्चालक समितिका एक सदस्यले भने, 'यसैका आधारमा पनि सामान्य कार्यसम्पादन हुँदा पनि ८० प्रतिशत भत्ता त त्यसै पाइने भयो।'

कम्पनी सञ्चालक समितिको केही समयअघिको बैठकमा यो विषय उठेको थियो। जसमा सञ्चालक समितिका सदस्यहरूले सूचक परिवर्तन गरी वास्तविक कार्यसम्पादन र नतिजामा आधारित सूचक तयार गर्न सिइओ ज्ञवालीलाई निर्देशन दिएका छन्। 'कम्पनीले जिम्मा लिएका कुनै पनि आयोजना गति लिन सकेका छैनन्, यस्तो अवस्थामा धेरै कार्यसम्पादन छ भनेर भत्ता वितरण मात्रै गर्ने कुरा ठिक होइन,' ती सञ्चालकले भने, 'नतिजामा आधारित प्रोत्साहन भत्ता हुनुपर्छ भन्ने सञ्चालक समितिको ठहर हो।'

'कार्यसम्पादन सूचक देखेर नै हामी छक्क पर्‍यौँ, कुनै सूचकमा एउटा चिठी मात्रै लेखे पनि ८० नम्बर पाइने गरी सूचक तय गरिएको रहेछ,' कम्पनी सञ्चालक समितिका एक सदस्यले भने।

पूर्वसचिव शारदाप्रसाद त्रिताल वस्तुनिष्ठ कार्यसम्पादन हुने गरी सूचक निर्धारण गरी प्रोत्साहन गर्ने प्रणाली बनाउनुपर्ने बताउँछन्। 'कार्यसम्पादन सूचकमा न्यूनतम कति अंक पाउँदा उत्तिर्ण हुने हो त्यो हुनुपर्छ, कुनै पनि संस्थाले वार्षिक बजेटको अख्तियारी पाउँदा दिइएका कामलाई नै मुख्य सूचक बनाएर तिनीहरूको उपलब्धि हेर्न सकिन्छ,' उनले भने, 'आफूखुशी सूचक र अंक बनाएर प्रोत्साहन भत्ता लिनु गलत हो।'

अर्का पूर्वसचिव डा शान्तराज सुवेदीले कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता दिँदा सूचकमा भएका उपलब्धिको यथार्थ मूल्यांकन हुनुपर्ने बताए। 'कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता भनेको कार्यसम्पादन भइसकेपछि पाउने हो, त्यसमा कम्पनीले यथार्थपरक सूचक तयार गरी त्यसको मूल्यांकन गरेर मात्रै भत्ता दिइनुपर्छ,' सुवेदीले भने।

Ncell 2
Ncell 2
nimb
nimb

सार्वजनिक संस्थान तथा कम्पनीका कार्यसम्पादनलाई नतिजामुखी बनाउन प्रोत्साहन भत्ताको सुरुवात गरिएको थियो। तर ग्रिड कम्पनीमा भने यसको दुरुपयोग भएको पाइएको सञ्चालक समितिका सदस्यहरूको ठहर छ। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले गत आर्थिक वर्ष २०७६/०७७ मा आफ्नो कार्यसम्पादन मूल्यांकनमा ९७ अंक दिएका थिए। तर सञ्चालक समितिले गठन गरेको विज्ञ समूहले त्यसलाई ८६ अंकमा झारिदिएको छ। विज्ञ समूहले ज्ञवाली स्वयंले गरेको मूल्यांकन ११ अंकले घटाइदिएको हो।

पूर्वसचिव डा शान्तराज सुवेदीले कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता दिँदा सूचकमा भएका उपलब्धिको यथार्थ मूल्यांकन हुनुपर्ने बताए।

मासिक ४५ हजार रूपैयाँ तलब र त्यसमा २०० प्रतिशत भत्ता पाउने ज्ञवालीले गत वर्ष करिब ११ लाख रूपैयाँ प्रोत्साहन भत्ता लिएका थिए। 

कम्पनीका सिइओ ज्ञवालीले भने एकपटक कार्यसम्पादन सूचक तयार गर्दा शून्य, ८० र १०० अंक दिने अभ्यास गरेको भए पनि अब त्यसलाई नयाँ स्वरूपमा लैजान खोजिएको बताए। 'यो विषय तपाईंलाई कसले भन्यो?,' उनले प्रश्न गरे।

ज्ञवालीले सञ्चालक समितले अब कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्तालाई नयाँ रूपमा लैजाने पनि बताए। 'एकपटक यस्तो अभ्यास भएको थियो, अब सञ्चालक समितिले कसरी अघि बढाउँछ तपाईंले थाहा पाइहाल्नु हुन्छ,' ज्ञवालीले भने।

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  ०७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
नेप्से २७.९४ अंकले बढ्यो, ४ अर्ब ३६ करोडको कारोबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ३५ करोडको भयो । शुक्रबार, भदौ २६, २०८३
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकेको छ । शुक्रबार, भदौ २६, २०८३
ऋण र दायित्व व्यवस्थापनपछि सरकारी उद्योग निजी क्षेत्रलाई दिने अर्थमन्त्रीको घोषणा शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकार आफैँले उद्योग चलाउन थाल्यो भ... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्