• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ ७, २०८३ Thu, May 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेश प्रमुख फेरबदलबाट ओलीले दिन खोजेको सन्देश

64x64
किशोर दहाल शनिबार, फागुन ८, २०७७  १२:३०
1140x725

काठमाडौं- शुक्रबार मात्रै प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरिएका राजेश झा (राजेश अहिराज) सामाजिक सञ्जालमा सक्रिय व्यक्ति हुन्। पत्रकार र विश्लेषकको छवि बनाएका उनी मुख्यगरी मधेश केन्द्रित राजनीति गरिरहेका मधेशी नेताहरु र नेकपाकै पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षप्रति निकै आक्रामक देखिन्थे।

अहिराजको सक्रियता जति बढी थियो, भाषिक संयमता भने उति नै कम। उनी नेताहरुलाई सरासर ‘ठग’ भन्थे। कुट्ने-पिट्ने दिन पर्खेको अभिव्यक्ति दिन्थे। जसले उनमा कोही व्यक्ति वा नेता कुनै अपराधमा दोषी ठहरिए कानुन अनुसार वैधानिक बाटोबाट सजाय पाउने विश्वास नभएको संकेत गर्थ्यो। ‘भ्रष्टाचारी, ज्यानमारा, देशद्रोही र जनता मारा नेताहरुलाई जुत्ताको माला लगाएर पिट्दै लखेट्दै फेरि पिट्दै कुदाउने दिन कहिले आउला?’, केहीअघि मात्रै उनले फेसबुकमा लेखेका थिए।

सामाजिक सञ्जालले उनीप्रति नैतिक प्रश्न उठ्न सक्ने भए पनि उनको नियुक्ति गैरसंवैधानिक भने देखिँदैन। संविधानमा प्रदेश प्रमुख राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ। जो सम्बन्धित प्रदेशका लागि नेपाल सरकारको प्रतिनिधिको रुपमा रहनेछन्। राष्ट्रपतिले पदावधि समाप्त हुनुभन्दा अगावै निजलाई पदमुक्त गरेमा बाहेक प्रदेश प्रमुखको पदावधि पाँच वर्षको हुनेछ। यस दृष्टिबाट हेर्दा, प्रदेश २ का प्रमुख तिलक परियारलाई हटाएर अहिराजलाई नियुक्ति गर्नु स्वभाविक देखिन्छ। फेरि विगतमा पनि यस्तो भइसकेको छ।

२०७४ सालमा सम्पन्न निर्वाचनपछि सोही वर्ष माघमा तत्कालीन सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नियुक्ति गरिएका सातै प्रदेशका प्रमुखहरुलाई २०७६ कात्तिकमा पदमुक्त गरिएको थियो। र, नयाँ प्रदेश प्रमुखहरु नियुक्ति गरिएको थियो। सोही अनुसार नियुक्त भएका थिए, प्रदेश २ का प्रमुख तिलक परियार। संवैधानिक दृष्टिले त्यतिबेलाको परिवर्तन जति स्वभाविक थियो, अहिलेको परिवर्तन पनि उति नै स्वभाविक हो।

तर, विशेष समयमा चालिएका कदमको विशेष अर्थ हुने गर्छ। अहिराजको नियुक्तिलाई पनि सोही अनुसार बुझ्नु मनासिब हुन्छ। 

प्रदेशको गरिमा ध्वस्त
राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित भाषा र व्यवहारप्रति निकै सचेत देखिन्छन्, प्रधानमन्त्री केपी शर्मा ओली। उनले संसद्‌बाट गरिएका होस् या सडकबाट, आफ्ना कैयौं सम्बोधनमा राष्ट्रपतिको मर्यादा राख्नुपर्ने बताउने गरेका छन्।

संविधानले दिएको भूमिकालाई केलाउने हो भने प्रदेश प्रमुख सम्बन्धित प्रदेशको राष्ट्रपति जस्तै हो। समग्र राष्ट्रको सन्दर्भमा राष्ट्रपतिको जुन मर्यादामा रहनुपर्छ, सम्बन्धित प्रदेशको सन्दर्भमा प्रदेश प्रमुखको मर्यादा पनि त्यस्तै हुनुपर्छ। तर, यसरी पदमुक्त गरिने कुनै ठेगान र मापदण्ड नभएपछि त्यो पदको कुनै मर्यादा बाँकी रहने छैन।

प्रधानमन्त्री ओलीका कैयौं अभिव्यक्ति र व्यवहारले उनी संघीय प्रणालीप्रति अनुदार रहेको पुष्टि गर्छन्। उनका व्यवहार प्रदेश संरचनालाई विकृत बनाउने/देखाउने र अन्ततः खारेजीको माग उठ्ने वातावरण बनाउन उद्यत रहेको शंका गर्न सकिन्छ। प्रदेश प्रमुख हटाउने पछिल्लो कदम संघीयतालाई त्यसैगरी विकृत देखाउने प्रयत्नस्वरुप चालिएको आशंका एउटा तप्काले गर्न थालेको छ र त्यसका पछाडि केही आधार पनि छन्।

nimb
nimb
Ncell 2
Ncell 2

अर्कोतिर, ओलीको जोड संघीय प्रणालीलाई कामयावी हुन नदिनेमा पनि छ। उनले ‘प्रदेशलाई केन्द्रको प्रशासनिक इकाइ’को रुपमा परिभाषित गरेका थिए। संविधानले दिएको अधिकारको सुरक्षा लिएर उनले चालेको पछिल्लो कदमले प्रदेशका पदको कुनै सन्दर्भ र मर्यादा छैन र प्रदेशलाई उही केन्द्रको इकाइ भएको र त्यहाँ जुनसुकै बेला केन्द्रबाट जस्तोसुकै कदम चालिन्छ भन्ने सन्देश दिन चाहेका छन्।

प्रधानमन्त्रीको संघीय प्रणालीप्रतिको व्यवहारलाई सबैभन्दा बढी प्रश्न प्रदेश २ बाटै उठेको थियो। प्रदेशको तर्फबाट संघको निर्णयहरुप्रति अहसमति जनाउने र त्यसविरुद्ध मुद्दामामिला गर्ने काम पनि भएको थियो। त्यहाँ जनता समाजवादी पार्टीको सरकार छ र अहिराज निरन्तर रुपमा ती दलका नेताहरु विरुद्ध बिषवमनमा उत्रिने गरेका थिए। त्यस्ता व्यक्तिलाई प्रदेश प्रमुख बनाएर ओलीले प्रदेश सरकारप्रति मनोवैज्ञानिक दबाब बढाउने रणनीति लिएका हुनसक्छन्।

जोखिमपूर्ण कदमको पूर्वतयारी
प्रतिनिधि सभा विघटनको तरंग प्रदेश-प्रदेशमा पुगेको छ। प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएका छन्। ओली पक्षका नेता रहेका ती प्रदेशका मुख्यमन्त्रीले सभामुखको बैठक सारिरहने रणनीतिका कारण त्राण पाइरहेका छन्।

त्यसो त ओलीले प्रदेशमा कुनै कदम नचाल्न प्रचण्ड-माधव पक्षलाई सार्वजनिक रुपमै भनेका थिए। र, सो पक्ष अघि बढे आफूले थप कदम चाल्ने चेतावनी दिएका थिए। तर, उनको चेतावनीको बेवास्ता गर्दै प्रचण्ड-माधव पक्ष केही प्रदेशमा अघि बढेको थियो। त्यसपछि भने प्रधानमन्त्री ओलीले कुनै पनि बेला कुनै पनि प्रदेश सभा भंग गर्ने आकलन गरिएको छ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पनि सार्वजनिक रुपमै अप्रिय भए पनि प्रदेश सभा भंग हुनसक्ने बताएका छन्।

पछिल्लो नियुक्तिले ओली आफ्नो कुनै खालका जोखिमपूर्ण कदमको पूर्वतयारी गरिरहेको शंका गर्न सकिन्छ। त्यसको केन्द्रमा प्रदेश सभा विघटन भए पनि अन्य कैयौं कदमको सम्भावनालाई नजरअन्दाज गर्न मिल्दैन।  सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापित हुने आदेश गरिदियो भने वा बदर गर्ने निर्णयलाई सदर गरिदिएर पनि वैशाखमा चुनाव हुन सकेन भने प्रधानमन्त्रीको रुपमा ओलीको औचित्य समाप्त हुन्छ।

त्यतिबेला उनले पदमा टिकिरहनका लागि संवैधानिक/असंवैधानिक जस्तोसुकै कदम पनि चाल्न सक्छन्। जसरी केन्द्रमा राष्ट्रपतिको सहज साथले उनले जोखिमपूर्ण कदम उठाउन सके, त्यतिबेला प्रदेश प्रमुखको साथ उनका लागि भरपर्दो हुनसक्छ।

प्रचण्ड-माधव पक्षलाई सन्देश
यो वर्षको सुरुवातदेखि मानसिक विभाजनको सिकार भएको नेकपा पुसयता भने अनौपचिक रुपमा विभाजित भएको छ। निर्वाचन आयोगले बेलैमा निर्णय लिन सकेको भए पार्टी औपचारिक रुपमा विभाजित भइसकेको हुने थियो। त्यसो हुन नसकेकाले दुई पक्षले आ-आफ्नो किसिमले बैठक बस्ने तथा कार्यक्रम आयोजना गर्दै आएका छन्, अर्को पक्षलाई गाली गरिरहेका छन्।

नेकपाको एक पक्षको नेतृत्व गरेको भए पनि प्रधानमन्त्री हुनुको कारणले ओलीसँग अनेक अधिकार छन्। जसको प्रयोगमार्फत् उनी प्रचण्ड-माधव नेपाललाई पेल्ने र हतोत्साही बनाउन चाहन्छन्। उनका विरुद्ध संविधानमा नभएको अधिकार प्रयोग गरेको भनेर अदालतमा मुद्दा चलिरहेकाले अन्य कदमको सान्दर्भिकता त्यसै न्यून हुन्छ। त्यसको लाभ लिइरहेका छन्। जसले गर्दा चुनावको मिति तोकिएपछि गरिएका कैयौं निर्णयमाथि प्रश्न उठेका छन्, तर उनी बेवास्ता गर्दै अघि बढिरहेका छन्।

पदमुक्त गरिएका परियार माओवादीका तर्फबाट प्रदेश २ का प्रमुख बनाइएका थिए। आफ्नो पदीय भूमिका निर्वाह गर्ने सवालमा उनी सार्वजनिक रुपमा विवादमा आएका थिएनन्। उनको भनाइ अनुसार, उनको भूमिकाप्रति संघीय सरकारको तर्फबाट कुनै प्रश्न उठाइएको वा सचेत गरिएको पनि थिएन। बरु आफू पूर्वमाओवादी भएकैले पदमुक्त गरिएको भन्ने उनको बुझाइ छ। पदीय भूमिका निर्वाहमा संवैधानिक/कानुनी रुपमा नचुकेको र आम रुपमा प्रश्न नउठेको व्यक्तिलाई हटाउनुमा प्रतिशोध देखिन्छ। जुन राम्रो पद्धतिको सुरुवात होइन।

यो कदमसँगै पूर्वमाओवादीका तर्फबाट प्रदेश प्रमुख बनाइएका अन्यको पनि पद जोखिममा देखिन्छ। प्रधानमन्त्री ओलीले खास प्रदेश लक्षित कुनै रणनीति अख्तियार गरेको र त्यहाँ प्रदेश प्रमुखको असहयोग हुनसक्ने सम्भावना देखेको अवस्थामा उनीहरु जुनसुकै बेला पदमुक्त हुनसक्छन्। यो कदम अन्य प्रदेश प्रमुखलाई खुला र प्रचण्ड-माधव पक्षलाई छद्‌म सन्देश हो। प्रदेश प्रमुखलाई पदमुक्त गरेर खेलको नयाँ चरणमा पुगेका ओलीबाट थप कदम चालिएला भन्ने अपेक्षा गरिनु स्वभाविक हो।

‘हनुमानगिरी’ बेकार हुँदैन
सामाजिक सञ्जालमा अहिराजको पक्षधरता र गालीको स्तरको सामान्य चर्चा माथि भइसक्यो। उनले नियुक्ति पाउने बित्तिकै सामाजिक सञ्जालमा उनको अभिव्यक्ति पुनः चर्चामा आएका थिए। त्यसलाई व्यवस्थापन गर्न नसक्ने बुझेर हुनुपर्छ, उनले फेसबुक तथा ट्विटर खाताहरु निस्क्रिय पारेका छन्।

सामाजिक सञ्जालमा अहिराजले जसरी अभिव्यक्ति सार्वजनिक गर्ने गर्थे, त्यसबाट उनले कुनै किसिमको नियुक्ति पाउने अनुमान पहिल्यै गरिएको थियो। किनकि, सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको महिमागान गर्ने र उनी इतर पक्षका नेताहरुलाई खुइल्याउने, तेजोबध गर्ने, गाली गर्नेहरुमध्ये धेरैले लाभको पद पाएका छन्। त्यसैले अहिराजले पाएको पदीय लाभ यो सरकारको शैलीको निरन्तरता मात्रै हो। 

आफू निकट र आफ्नो पक्षमा सार्वजनिक रुपमा उत्रिन आँट गर्नेहरुलाई आमआलोचना खेपेर भए पनि ओलीले कुनै न कुनै किसिमले बचाउ गर्ने र व्यवस्थापन गर्ने गरेका छन्। जसले गर्दा उनको गुणगान गाउने र विपक्षीलाई निरपेक्ष गाली गरेर उनलाई रणनीतिक लाभ दिलाउन मरिमेट्नेहरुले त ‘न्याय’ पाएका छन्।

यसले गर्दा कसैको पनि ‘हनुमानगिरी’ बेकार हुँदैन भन्ने सन्देश दिएका छन। तर, सम्बन्धित पदको गरिमा भने ध्वस्त भएका छन्। सामाजिक सञ्जालमा गाली गरेर पद पाएकाहरुमध्ये कतिपय त अहिले पनि आफ्नो पदीय कामले होइन, त्यही सामाजिक सञ्जालमा गर्ने गालीकै कारण चर्चामा छन्।

यो पनि पढ्नुहोस्

प्रदेश प्रमुख अदलबदल प्रकरण : 'काल पल्किएला भन्ने डर!'मंगलबार, कात्तिक १९, २०७६

 

प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  १२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो : एमाले बिहीबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री विधेयक पेश गर्न समेत नआएको भन्दै विपक्षीहरूले विरोध गरेका छन् । सो बीचमा एमाले सांसद ऐनबहा... बिहीबार, जेठ ७, २०८३
प्रधानमन्त्री खोज्दै संसदमा विपक्षी दलको अवरोध सभामुख डीपी अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानूनमन्त्री सोविता गौतमलाई प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक विच... बिहीबार, जेठ ७, २०८३
कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘डिजिटल प्लेटफर्म’ गत वैशाख २७ गते कानुन दिवसको अवसरमा घोषणा भएको उक्त प्लेटफर्ममार्फत नागरिकले ऐन तथा विधेयकका मस्यौदामा आफ्नो सुझाव र असहमति सिधै पठा... बिहीबार, जेठ ७, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो : एमाले बिहीबार, जेठ ७, २०८३
समानीकरण अनुदान कटौतीप्रति स्थानीय सरकारको विरोध बिहीबार, जेठ ७, २०८३
प्रधानमन्त्री खोज्दै संसदमा विपक्षी दलको अवरोध बिहीबार, जेठ ७, २०८३
विश्वविद्यालयको उपकुलपतिका लागि २१८ आवेदन, छानबिन सुरु बिहीबार, जेठ ७, २०८३
कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘डिजिटल प्लेटफर्म’ बिहीबार, जेठ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बुधबार, जेठ ६, २०८३
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी बुधबार, जेठ ६, २०८३
संसदमा एमालेले उठायो सभामुख अर्यालको भूमिकामाथि प्रश्न बुधबार, जेठ ६, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बिहीबार, जेठ ७, २०८३
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बुधबार, जेठ ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्