• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १५, २०८३ Mon, Aug 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रदेश प्रमुख अदलबदल प्रकरण : 'काल पल्किएला भन्ने डर!'

64x64
किशोर दहाल मंगलबार, कात्तिक १९, २०७६  ११:१०
1140x725

काठमाडौं- सरकारले प्रत्यक्ष नियुक्त गर्ने पदमा रहने व्यक्तिले सरकार परिवर्तनसँगै त्यहाँबाट अलग्गिनुलाई यहाँ स्वभाविक रुपमा लिइन्छ। धेरै पदमा त्यस्तो हुने गरेको पनि छ। तर, अहिले पदमुक्त गरिएका प्रदेश प्रमुखहरुको हकमा त्यस्तो भएको थिएन। अहिलेको सरकार गठन हुनुभन्दा ठिक एक महिनाअघि नियुक्त भएका उनीहरु झन्डै २२ महिना सो पदमा रहे।

आफैं अलग्गिने वा सरकारले हटाउने स्वभाविक प्रचलनअन्तर्गत प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको हो। यो प्रक्रिया नेपालको संवैधानिक प्रावधान र राजनीतिक अभ्यासअन्तर्गत नै भएको छ। प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रूपमा प्रदेश प्रमुख रहने र राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। प्रदेश प्रमुखहरुको अदलबदल प्रकरणमा संवैधानिक कोणबाट प्रश्न उठ्ने ठाउँ देखिँदैन।

तर, यो प्ररकणले दिने सन्देशहरु र कालान्तरसम्म सिर्जना गर्ने तरंगहरु भने त्यति स्वभाविक नहुनसक्छन्, जति यो संवैधानिक आँखाबाट देखिएको छ।

संघीय व्यवस्थाको शिशु अवस्थामा मुलुक छ। यो व्यवस्थासँगै सिर्जना भएका कतिपय पद र संस्थाहरु संस्थागत भइनसकेको अवस्था छ। त्यसैले यस्ता ठाउँमा परिपक्व मान्छेहरु पुर्‍याउनु र पुर्‍याउँदा परिपक्व निर्णय गरिनु जरुरी हुन्छ।

पदमुक्त भएका प्रदेश प्रमुखहरु जसरी ल्याइए र जसरी हटाइए, ती दुवै अवस्थामा परिपक्व निर्णय भएनन्।

२०७४ साल मंसिर १० र २१ मा दुई चरणमा गरी प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भएको थियो। चुनावबाट तत्कालीन बाम गठबन्धनले बहुमत पाएको थियो र मुलुक उसैको नेतृत्वको सरकारका लागि प्रतीक्षारत थियो। तर, चुनावी परिणाम आएको लामो समयसम्म अनेक उल्झनहरुका कारण नयाँ सरकार गठन हुन सकिरहेको थिएन। त्यतिबेलासम्म सरकारको प्राविधिक नेतृत्व गरिरहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा भने अनेकानेक नियुक्तिहरु गरेर आत्मरति लिँदै थिए। त्यसैमध्येको एक थियो, प्रदेश प्रमुखहरुको नियुक्ति।

चुनाव हारेको दल, जो फेरि तत्काल सरकारको नेतृत्व गर्ने अवस्थामा थिएन, उसले गरेका यस्ता नियुक्तिमाथि त्यतिबेलै आलोचना भएको थियो।

यद्यपि, प्रदेश प्रमुख नियुक्तिका बेला 'अचम्म'को संवैधानिक र कानुनी झमेला सतहमा आएका थिए।

nimb
nimb

मंसिरमा भएको चुनावबाट प्रत्यक्षतर्फको नतिजा तत्कालै सार्वजनिक भएको थियो। समानुपातिकतर्फ कुन दलले कति मत पाए भन्ने स्पष्ट भए पनि कति सिट पाए र को-को सांसद हुने भए भन्ने स्पष्ट भएको थिएन। कारण, संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभाको समष्टिस्वरुप)मा प्रतिनिधित्व गर्ने दलमा एकतिहाइ महिला निर्वाचित हुनुपर्ने संवैधानिक व्यवस्था बमोजिम निर्वाचन आयोगले सिट वितरण गरेको थिएन। उसले सिट वितरण गर्न पहिला राष्ट्रियसभाको गठन गर्नुपर्ने अड्चन देखायो।

राष्ट्रियसभा गठन हुनको लागि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका साथै प्रदेशसभाका सदस्य पनि आवश्यक पर्थ्यो। उनीहरुले आफ्नो मतभार अनुसार दिएको मत अनुसार राष्ट्रियसभाको गठन हुने संविधानमा व्यवस्था छ। स्थानीय तहको हकमा त समस्या थिएन। त्यो छँदै थियो। प्रदेशसभाको पनि प्रत्यक्षतर्फको मत पनि सार्वजनिक भइसकेको थियो।

तर, समानुपातिकतर्फको मत परिणाम भने निर्वाचन आयोगले प्रदेश प्रमुखलाई बुझाउनुपर्ने व्यवस्था थियो। त्यसपछि गठन हुने प्रदेशसभाका सदस्यलाई प्रदेश प्रमुखले सपथग्रहण गराउने व्यवस्था छ। यसरी मात्रै प्रदेशसभाले पूर्णता पाउँथ्यो। र उनीहरुले राष्ट्रियसभा सदस्यका लागि मत दिन पाउँथे।

प्रदेश प्रमुख नभइकन प्रदेशसभाले पूर्णता नपाउने, प्रदेशसभाले पूर्णता नपाइकन राष्ट्रियसभाले पूर्णता नपाउने र राष्ट्रियसभाले पूर्णता नपाएपछि प्रतिनिधिसभाले पनि पूर्णता नपाउने अवस्था त्यतिबेला थियो।

यसरी 'अचम्म'सँग त्यतिबेला सबैभन्दा प्राथमिकताको पद नै प्रदेश प्रमुख भएको थियो।

चुनाव जितेका पार्टीले ती पद आफूले पाउनुपर्ने र सरकारको नेतृत्व गरेको दलले आफूले पनि पाउनुपर्ने अडानका कारण तत्कालीन सरकारले आम सहमति जुटाउन नसकेपछि आफू अनुकूल निर्णय गरेको थियो। माघ ३ गते प्रदेश प्रमुखको नियुक्ति गरियो, फागुन ३ गते सरकार परिवर्तन भयो।

तत्कालीन सरकारले चुनाव जितेर आएको दलको पूर्ण सहमतिमा प्रदेश प्रमुख नियुक्त गर्नु बढी सान्दर्भिक र राजनीतिक परिपक्वता हुन्थ्यो। तर, कार्यान्वयनमा जाँदा त्यस्तो देखिएन। चुनावका बेला गठबन्धनमा रहेका तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले त्यतिबेलै सरकारको सो निर्णय परिवर्तन गर्ने संकेत दिएका थिए। त्यही संकेत यो हप्ता प्रस्फुटित भएको हो। जुन २०७४ सालमै हुने आम बुझाइ थियो। त्यसैले यो प्रकरण अनपेक्षित भने होइन।

सोमबार पनि जसरी अन्य दलको सहमतिबिना नै प्रदेश प्रमुख नियुक्त गरियो, अहिले पनि त्यसै गरिएको छ। हिजोकै कमजोरी दोहोर्‍याउन खोजिएजस्तो देखिन्छ। कायम रहेका प्रदेश प्रमुखहरुको कमजोरी यस्तो रह्‍यो, यसकारणले हटाउनुपर्ने भयो भन्दै प्रमुख दलहरुबीच सहमतिको प्रयास मात्रै पनि गर्न खोजिएको भए, यो कदमको व्यापक अर्थ रहन्थ्यो।

अन्य दलसँग मात्रै होइन, दलभित्रै पनि सहमति नगरिएकाले विरोधका स्वरहरु बाहिरिएका छन्। दलभित्रै असहमति र दलबाहिर पनि असन्तुष्टि रहेको अवस्थामा आफ्ना मान्छे भर्ति गर्नुपर्ने बाध्यतामाथि प्रश्न त उठ्छ नै।

कुनै पदबाट कसैलाई हटाउँदा त्यसको कारण विश्वसनीय हुनुपर्छ। सामूहिक रुपमा हटाउँदा विश्वसनीयताको मात्रा झनै प्रष्ट हुनुपर्छ। प्रदेश प्रमुखहरुको हकमा कुनै कारण खुलाइएको छैन, कुनै बहस गरिएको छैन। ती हट्नुको एउटै कारण भएको आम बुझाइ छ- उनीहरु सत्तापक्षीय भएनन्।

सत्तापक्षीय नहुनु एउटा कुरा हो, सरकारको कामलाई अवरोध गर्नु अर्को कुरा हो। सरकारको कुनै कामलाई अवरोध गरेको भए तिनीहरुको बर्खास्तीलाई स्वभाविक रुपमा लिइन्थ्यो। किनकि सरकारको प्रतिनिधिकै रुपमा रहने प्रदेश प्रमुखले सरकारको प्रतिनिधित्व गर्नुपर्छ। बर्खास्तीमा परेका प्रदेश प्रमुखहरुले सरकारको काममा अवरोध गरेको कुरा सार्वजनिक भएका छैनन्। त्यसो त ती पद त्यति शक्तिशाली पनि होइनन्, त्यसैले अवरोधकै सम्भावना नै कम छ।

प्रदेश प्रमुखहरु सम्बन्धित प्रदेशका राष्ट्रपति जस्तै हुन्। उनीहरुको पदीय मर्यादा जोगाउनु सरकारकै कर्तव्य हुन आउँछ। यो कुनै संस्थानको हाकिमलाई गरिने खालको राजनीतिक अधिकार प्रयोगले सो पदको प्रतिष्ठामा असर पुर्‍याउँछ। यस्ता संवेदनशील पदहरुलाई एकल वा सामूहिक रुपमा चलाउँदा देखाउनुपर्ने गम्भीरता पनि देखिएन। जसरी संसद्‌मा जो कसैको शक्ति पुग्दैमा राष्ट्रपति फेर्ने कुरा नैतिक रुपमा उचित हुँदैन, प्रदेश प्रमुखलाई पनि जुनसुकै बेला फेर्ने कुरा नैतिक रुपमा उचित हुँदैन।

यसरी यो प्रकरणले प्रदेश प्रमुखका कमजोरी होइन, सरकारको पूर्वाग्रह र असहिष्णु स्वभावको गन्ध आएको छ। सरकार पूर्वाग्रही र असहिष्णु हुनु गम्भीर विषय हो।

कांग्रेस सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुमा कमजोरी थिए। सरकारले मात्रै होइन, आम मानिसले महसुस गरेका कुरा थिए। तर, सबै खराब थिएनन्। कांग्रेस सरकारको निर्णयलाई सच्याउन सरकारले प्रयास गर्दा दुईवटा कुरा ख्याल गर्नुपर्थ्यो।

पहिलो, सरकारकै नजरमा राम्रालाई निरन्तरता दिनुपर्थ्यो र सरकारलाई अप्ठ्यारो पार्नेहरुलाई बिदा गर्नुपर्थ्यो। यसो भएको भए सरकार पूर्वाग्रहबाट ग्रसित भएको सन्देश जाँदैनथ्यो।

दोस्रो, विवादरहित व्यक्तिहरु प्रदेश प्रमुखको रुपमा ल्याइनुपर्थ्यो। केही उचित मान्छेका बावजुद अहिलेका प्रदेश प्रमुखहरुको सूचीमा चुनाव हारेकादेखि बहिष्कार गरेकासम्म छन्। लोकतान्त्रिक भनिने सरकारबाट यति कुरा पनि ख्याल नगरिनु आश्चर्यजनक छ। हिजो कांग्रेसले गरेको गल्तीलाई सच्याउने अवसर रहेको समयमा नेकपा सरकारले पुनः उस्तै दिशामा कदम चाल्नु कम श्रेयकर देखिन्छ।

माथि पनि चर्चा गरिएजस्तो संस्थाहरु बलियो बनाउनुपर्ने समयमा यस किसिमको अदलबदलले संघीय संरचनालाई शिशु अवस्थामै रोगी बनाउने हो कि भन्ने डर सिर्जना भएको छ। पद्धति बसाल्नुपर्ने बेलामा शक्ति अभ्यासले सुखद भविष्यतिर नडोहोर्‍याउन सक्छ।

संविधानअनुसार, प्रदेश प्रमुखको पदावधि सामान्यतः पाँच वर्षको हुन्छ। नयाँ नियुक्त गरिएका प्रमुखहरुको पदावधि पनि सामान्य अवस्थामा पाँच वर्षकै हो। तर, अहिले जसरी दलीय निकटता भएन भनेर प्रदेश प्रमुख बर्खास्त गरियो र नयाँलाई नियुक्त गरियो, भोलि सरकार परिवर्तन हुने बित्तिकै उनीहरुको पनि सामूहिक बर्खास्ती हुनसक्छ। यो पाँच वा दश वर्षको अन्तरमा हुने चुनावी कुरा मात्रै होइन, दलभित्रमा शक्ति संघर्षको छायाँदेखि प्रदेश प्रमुखहरु त्रस्त रहनुपर्ने अवस्था आउनसक्छ।

के त्यसोभए सरकारको नेतृत्व गरिरहेको दलले आफूभित्रमा नेताहरुको व्यवस्थापन गर्नैका लागि यो कदम चालेको होला त? सरकारले केही गरिरहेको छ भनेर देखाउनुपर्ने दबाबका कारण अहिलेको अदलबदललाई देखाउन खोजिएको होला त? होइन भन्न सकिन्न।

प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६  ११:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? नेपाली सेनाले मात्र विभिन्न क्षेत्रमा स्थल तथा हवाई माध्यमबाट उेको छ। त्रिशूली क्षेत्रमा अस्पतालको पहुँचसमेत प्रभावित भएपछि सैनिक ब्... आइतबार, भदौ १४, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? आगामी रजिष्ट्रारको सबैभन्दा ठूलो चुनौतीमध्ये एउटा प्रतिष्ठानलाई दीर्घकालीन रुपमा आर्थिक तथा संस्थागत रुपमा बलियो बनाउनु हुनेछ । यसका... शनिबार, भदौ १३, २०८३
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? सरकारले उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन गरेको दाबी गरिरहेको छ। सामाजिक सञ्जालमा सरकारी सक्रियताका तस्वीर र सूचना पनि आइरह... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
सिंहदरबारमा प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता सोमबार, भदौ १५, २०८३
अब जलवायु परिवर्तनबारे सगरमाथा संवादमा विश्वका ठूला नेता र जलवायु विज्ञलाई बोलाएर छलफल गर्नुपर्छ : एमाले अध्यक्ष ओली सोमबार, भदौ १५, २०८३
बाढी पीडितका लागि अष्ट्रेलियाले पठाउँदैछ सी–१७ विमानमा राहत सामग्री सोमबार, भदौ १५, २०८३
बालेनले निजी फेसबुक अकाउन्टमा सरकारी कामको जानकारी दिएकोमा कटाक्ष सोमबार, भदौ १५, २०८३
रसुवाको बाढीको पीडा भारतसम्म, गण्डक नदीमा भेटिन थाले बाढीले बगाएका शव सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ आइतबार, भदौ १४, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्