• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

केन्द्रीय कमिटीमा प्रचण्ड-माधवको ब्रिफिङ- केपीले फकाइरहेछन्, मान्छे भेट्न पठाइरहेछन्

64x64
वीरेन्द्र ओली शुक्रबार, फागुन ७, २०७७  २३:१७
1140x725

काठमाडौं- नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल पक्षका शीर्ष नेताहरूले केन्द्रीय सदस्यहरूलाई परिस्थिति तरल भएको बताउँदै तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। आफूपक्षीय केन्द्रीय सदस्यलाई ब्रिफिङ गर्दै सर्वोच्च अदालत र निर्वाचन आयोगले 'राम्रो छनक नदेखाएकाले जस्तोसुकै अवस्थाका लागि पनि तयारी रहन निर्देशन दिएका हुन्।

निर्वाचन आयोगले आफ्नो पक्षलाई आधिकारिकता नदिने संकेत पाएपछि प्रचण्ड-नेपाल पक्षले शुक्रबार निर्वाचन आयोग जाने तयारी गरेका थिए। तर आयोगका पदाधिकारीले समय दिन नसक्ने बताएपछि दाहाल, नेपाल र श्रेष्ठले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा ब्रिफिङ गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले पहिलो पाइला प्रतिगमन भएपनि अझै प्रतिगमनतिर जान उद्यत भएको धारणा अध्यक्षद्वयले राखेको राखेको बैठकमा सहभागी केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले बताए।

‘ओली राज्य शक्तिको साधन स्रोत दुरुपयोग गरेर आफ्नो पक्षमा पार्ने नभए कसैको पक्षमा निर्णय गराउन नदिने देखिएका छन्,’ न्यौपानले भने, ‘अदालत र निर्वाचन आयोगको फैसला संविधान र कानुनभन्दा बाहिर जाने अवस्था देखिँदैन। यदि कानुन र संविधानअनुसार दुवै संवैधानिक निकायले फैसला नगरे दीर्घकालीन संघर्षका कार्यक्रम बनाउनुपर्छ भन्ने थियो,’ न्यौपानेले भने।   

दुवै संवैधानिक निकायले कानुन माने दोस्रो निर्णय गर्ने ठाउँ छैन : प्रचण्ड
कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले दुवै संवैधानिक निकाय (सर्वोच्च अदालत र निर्वाचन आयोग)ले संविधान र कानुन माने दोस्रो निर्णय (आफूहरू विरुद्ध हुने) गर्ने अवस्था नरहेको बताए।

आयोगले बहुमतको निर्णय माने आफ्नो पक्ष आधिकारिक पार्टी हुने र प्रतिनिधि सभा पनि पुनःस्थापना हुने प्रचण्डले बताएको न्यौपानेले बताए। प्रचण्डको ब्रिफिङमा अदालत र आयोगप्रति आशंका र विश्वास दुवै देखिएको अर्का केन्द्रीय सदस्य युवराज चौलागाईंले बताए।

‘अहिले अदालतका विषयमा धेरै नबोलौँ। हामीले सोचेकै ढंगले फैसला गर्ला जस्तो लाग्छ। अहिलेसम्म वकिलको बहस र एमिकस क्युरीको राय सुन्दा संविधान हेरेरै अदालतले फैसला गर्छ भन्ने लाग्छ। अदालतले संविधानभन्दा बाहिर गएर फैसला गर्छ भन्नु अदालतको अपमान हो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै चौलागाईंले भने, ‘हामी अदालतको अपमान गर्न चाहँदैनौं। अदालतका न्यायाधीशहरूले संविधानको सम्मान गरेरै फैसला गर्नुहोला भन्ने लाग्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

निर्वाचन आयोग आफ्नो निर्णय गर्न लर्खराउने हो कि भन्ने आशंका पैदा भएको प्रचण्डले बताए। ‘सत्ताले आयोगलाई प्रभावित पार्ने हो कि भन्ने आशंका छ। निर्वाचन आयोगले त्यसो नगर्ला भन्ने छ,’ प्रचण्डले भने, ‘आयोगप्रति अझै विश्वास टुटिसकेको छैन। सही फैसला गर्ला!’

केपी ओली निकट नेताहरू आफूलाई फकाउन खुमलटार निवासमै भेट्न आउने गरेको प्रचण्डले बताए। ‘माधव नेपाललाई सक्नुहुन्न। कति अप्ठ्यारो मान्छे छ। तपाईंलाई थाहा छैन,’ भन्दै ओली निकट नेताहरुले प्रचण्डलाई भनेको विषयमा समेत उनले उल्लेख गरेका थिए। माधव नेपाल र प्रचण्ड दुवै नेताले आफ्नो बीचमा कुनै खालको समस्या नरहेको बताएको चौलागाईंले बताए।

प्रतिनिधि सभा पुनर्स्थापना भए/नभएपनि ओलीसँग एकता हुँदैन : नेपाल
यस्तै अर्का अध्यक्ष माधवकुमार नेपालले केपी ओली पूर्व एमाले र माओवादी भनेर विभाजित गर्न खोजेको बताए। ‘माधव नेपाल प्रचण्डको पछि लाग्यो माओवादीको पछि लाग्यो।  माओवादी हौ भने उतै लाग, एमाले हौ भने यता आऊ भन्दैछन् केपी ओली,’ बैठकमा नेपालले बिफ्रिङ गर्दै भने, ‘मैले ओलीसँग संगत गरेको ४८ वर्ष भयो। केपी ओलीलाई अझै चिनेको रहेनछु। प्रतिनिधि सभा पुनर्स्थापना भए/नभएपनि ओलीसँग कुनै हालतमा एकता हुँदैन।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ओलीसँग कुनै हालतमा एकता नहुने भन्दै नेपालले सत्यको मोर्चामा दृढतापूर्वक अघि बढ्न सबै नेताहरुलाई आग्रह गरेका थिए। केपी ओली नेताहरूलाई भ्रममा पार्न लागेकाले त्यस्तो भ्रममा नपर्न नेपालले सबैलाई आग्रह गरे।

‘केपी ओलीले मान्छे पठाइराखेका छन् मलाई भेट्न। फकाइराखेका छन्। उनले सामदाम सबै प्रयोग गर्न खोजेका छन्। कोही पनि मान्छे भ्रममा नपरौँ,’ नेपालले भने।

पार्टीको ७७ जिल्लाका अध्यक्ष‚ सचिवको रिक्त भएका स्थानको छिट्टै पुर्ति हुने नेपालले बताए। यस्तै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले संघर्षका कार्यक्रमलाई व्यवस्थित बनाउँदै पार्टीलाई विधि पद्धतिमा लाग्नुपर्ने बताए। ‘पार्टी संगठन व्यवस्थित भएन। अझै विधि पद्धतिलाई समातौँ,’ श्रेष्ठले भने, ‘केपी ओली यो पार्टीबाट गए। केपी ओली प्रवृत्ति सम्पूर्ण रुपमा गएन। त्यसलाई परास्त गरौँ।’

ओलीलाई गाली गर्नेभन्दा पनि विधिपद्धति लागू गरेर जाने वातावरण बनाउनुपर्ने श्रेष्ठको धारणा थियो।

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  २३:१७
  • #प्रचण्ड-माधव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्