• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

केन्द्रीय कमिटीमा प्रचण्ड-माधवको ब्रिफिङ- केपीले फकाइरहेछन्, मान्छे भेट्न पठाइरहेछन्

64x64
वीरेन्द्र ओली शुक्रबार, फागुन ७, २०७७  २३:१७
1140x725

काठमाडौं- नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल पक्षका शीर्ष नेताहरूले केन्द्रीय सदस्यहरूलाई परिस्थिति तरल भएको बताउँदै तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। आफूपक्षीय केन्द्रीय सदस्यलाई ब्रिफिङ गर्दै सर्वोच्च अदालत र निर्वाचन आयोगले 'राम्रो छनक नदेखाएकाले जस्तोसुकै अवस्थाका लागि पनि तयारी रहन निर्देशन दिएका हुन्।

निर्वाचन आयोगले आफ्नो पक्षलाई आधिकारिकता नदिने संकेत पाएपछि प्रचण्ड-नेपाल पक्षले शुक्रबार निर्वाचन आयोग जाने तयारी गरेका थिए। तर आयोगका पदाधिकारीले समय दिन नसक्ने बताएपछि दाहाल, नेपाल र श्रेष्ठले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा ब्रिफिङ गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले पहिलो पाइला प्रतिगमन भएपनि अझै प्रतिगमनतिर जान उद्यत भएको धारणा अध्यक्षद्वयले राखेको राखेको बैठकमा सहभागी केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले बताए।

‘ओली राज्य शक्तिको साधन स्रोत दुरुपयोग गरेर आफ्नो पक्षमा पार्ने नभए कसैको पक्षमा निर्णय गराउन नदिने देखिएका छन्,’ न्यौपानले भने, ‘अदालत र निर्वाचन आयोगको फैसला संविधान र कानुनभन्दा बाहिर जाने अवस्था देखिँदैन। यदि कानुन र संविधानअनुसार दुवै संवैधानिक निकायले फैसला नगरे दीर्घकालीन संघर्षका कार्यक्रम बनाउनुपर्छ भन्ने थियो,’ न्यौपानेले भने।   

दुवै संवैधानिक निकायले कानुन माने दोस्रो निर्णय गर्ने ठाउँ छैन : प्रचण्ड
कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले दुवै संवैधानिक निकाय (सर्वोच्च अदालत र निर्वाचन आयोग)ले संविधान र कानुन माने दोस्रो निर्णय (आफूहरू विरुद्ध हुने) गर्ने अवस्था नरहेको बताए।

आयोगले बहुमतको निर्णय माने आफ्नो पक्ष आधिकारिक पार्टी हुने र प्रतिनिधि सभा पनि पुनःस्थापना हुने प्रचण्डले बताएको न्यौपानेले बताए। प्रचण्डको ब्रिफिङमा अदालत र आयोगप्रति आशंका र विश्वास दुवै देखिएको अर्का केन्द्रीय सदस्य युवराज चौलागाईंले बताए।

‘अहिले अदालतका विषयमा धेरै नबोलौँ। हामीले सोचेकै ढंगले फैसला गर्ला जस्तो लाग्छ। अहिलेसम्म वकिलको बहस र एमिकस क्युरीको राय सुन्दा संविधान हेरेरै अदालतले फैसला गर्छ भन्ने लाग्छ। अदालतले संविधानभन्दा बाहिर गएर फैसला गर्छ भन्नु अदालतको अपमान हो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै चौलागाईंले भने, ‘हामी अदालतको अपमान गर्न चाहँदैनौं। अदालतका न्यायाधीशहरूले संविधानको सम्मान गरेरै फैसला गर्नुहोला भन्ने लाग्छ।’

Ncell 2
Ncell 2

निर्वाचन आयोग आफ्नो निर्णय गर्न लर्खराउने हो कि भन्ने आशंका पैदा भएको प्रचण्डले बताए। ‘सत्ताले आयोगलाई प्रभावित पार्ने हो कि भन्ने आशंका छ। निर्वाचन आयोगले त्यसो नगर्ला भन्ने छ,’ प्रचण्डले भने, ‘आयोगप्रति अझै विश्वास टुटिसकेको छैन। सही फैसला गर्ला!’

केपी ओली निकट नेताहरू आफूलाई फकाउन खुमलटार निवासमै भेट्न आउने गरेको प्रचण्डले बताए। ‘माधव नेपाललाई सक्नुहुन्न। कति अप्ठ्यारो मान्छे छ। तपाईंलाई थाहा छैन,’ भन्दै ओली निकट नेताहरुले प्रचण्डलाई भनेको विषयमा समेत उनले उल्लेख गरेका थिए। माधव नेपाल र प्रचण्ड दुवै नेताले आफ्नो बीचमा कुनै खालको समस्या नरहेको बताएको चौलागाईंले बताए।

प्रतिनिधि सभा पुनर्स्थापना भए/नभएपनि ओलीसँग एकता हुँदैन : नेपाल
यस्तै अर्का अध्यक्ष माधवकुमार नेपालले केपी ओली पूर्व एमाले र माओवादी भनेर विभाजित गर्न खोजेको बताए। ‘माधव नेपाल प्रचण्डको पछि लाग्यो माओवादीको पछि लाग्यो।  माओवादी हौ भने उतै लाग, एमाले हौ भने यता आऊ भन्दैछन् केपी ओली,’ बैठकमा नेपालले बिफ्रिङ गर्दै भने, ‘मैले ओलीसँग संगत गरेको ४८ वर्ष भयो। केपी ओलीलाई अझै चिनेको रहेनछु। प्रतिनिधि सभा पुनर्स्थापना भए/नभएपनि ओलीसँग कुनै हालतमा एकता हुँदैन।’

ओलीसँग कुनै हालतमा एकता नहुने भन्दै नेपालले सत्यको मोर्चामा दृढतापूर्वक अघि बढ्न सबै नेताहरुलाई आग्रह गरेका थिए। केपी ओली नेताहरूलाई भ्रममा पार्न लागेकाले त्यस्तो भ्रममा नपर्न नेपालले सबैलाई आग्रह गरे।

‘केपी ओलीले मान्छे पठाइराखेका छन् मलाई भेट्न। फकाइराखेका छन्। उनले सामदाम सबै प्रयोग गर्न खोजेका छन्। कोही पनि मान्छे भ्रममा नपरौँ,’ नेपालले भने।

पार्टीको ७७ जिल्लाका अध्यक्ष‚ सचिवको रिक्त भएका स्थानको छिट्टै पुर्ति हुने नेपालले बताए। यस्तै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले संघर्षका कार्यक्रमलाई व्यवस्थित बनाउँदै पार्टीलाई विधि पद्धतिमा लाग्नुपर्ने बताए। ‘पार्टी संगठन व्यवस्थित भएन। अझै विधि पद्धतिलाई समातौँ,’ श्रेष्ठले भने, ‘केपी ओली यो पार्टीबाट गए। केपी ओली प्रवृत्ति सम्पूर्ण रुपमा गएन। त्यसलाई परास्त गरौँ।’

ओलीलाई गाली गर्नेभन्दा पनि विधिपद्धति लागू गरेर जाने वातावरण बनाउनुपर्ने श्रेष्ठको धारणा थियो।

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  २३:१७
  • #प्रचण्ड-माधव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान यही पुस ३० गतेभित्र इच्छुक उम्मेदवारलाई सम्पर्क गर्न सो पार्टीले आह्वान जारी गरेको प्रवक्ता डा राजु थापाले जानकारी दिए । शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ ‘म आफैं एउटा उपाध्यक्ष त्यो पनि वरीयतामा तल रहेर पनि सहेर गएको थिएँ । अन्तिम चरणमा मैले एउटा प्रस्ताव पनि गरेको थिएँ,’ घिसिङले भने,... शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह सन्देशमा उनले भनेका छन्, ‘हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ।’ पूर्वराजा शाहले सबै जात,... शनिबार, पुस २६, २०८२
ताजा समाचारसबै
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
पूर्वराज्यमन्त्री चौधरीको निधन शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह शनिबार, पुस २६, २०८२
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्