काठमाडौं- आइएमई ग्रुपअन्तर्गतको आइएमई मोटर्स प्रालिले अशोक लेल्यान्डका भाइकिङ-२२२ मोडलका बसका ग्राहकलार्ई च्यासिस हस्तान्तरण गरेको छ। व्यावसायिक भ्रमणका लागि नेपाल आएका अशोक लेल्यान्डका प्रेसिडेन्ट (इन्टरनेसल अपरेसन) सञ्जय सारस्वत र सार्क राष्ट्रका रिजनल म्यानेजर तन्मय मित्रले संयुक्त रूपमा उक्त च्यासिस हस्तान्तरण गरेका हुन्।
च्यासिस हस्तान्तरणका क्रममा सारस्वतले १० वटा बस एकैसाथ हस्तान्तरण गर्नु उल्लेखनीय प्रगति भएको बताए। नेपालमा भाइकिङ-२२२ को बजारलाई अझै विकास गर्दै आक्रामक बनाउन सहयोग गरेकोमा ग्राहकलाई प्रेसिडेन्ट उनले धन्यवाद दिए। भाइकिङ रुटमा चल्ने बसमध्ये सबैभन्दा धेरै रुचाइएको बस हो।
यसमा इनलाइन फ्युल पम्प हुनुका साथै एचसिरिज इन्जिन रहेको छ जसले गर्दा इन्धन कमखपत हुन्छ। साथै सबैभन्दा कम मर्मत खर्च लाग्ने दाबी कम्पनीले गरेको छ। यो बसमा ओभर ड्राइभ गियर बक्सले काम गर्ने भएको हुँदा १८० एचपी इन्जिनको साथमा द्रुत गतिको आरामदायी यात्रा गर्न सकिन्छ। रियर एर सस्पेन्सन, डाइरेक्ट ड्राइभ एसी, इनलाइन फ्युलपम्प साथै धेरै माइलेजले गर्दा यो गाडी अरु गाडीभन्दा फरक र विश्वासिलो रहेको छ।
नेपालमा हरेक लामो दुरी रुटमा भाइकिङ गाडीहरु चल्दै आएका छन्। अत्यधिक मागअनुसार कम्पनीले ग्राहकलाई विशेष सर्भिस पनि दिँदै आएको छ। आफ्ना १३ वटा सर्भिस नेटवर्कबाट सर्भिस लिन सकिने हुँदा सजिलै पार्टस र सर्भिस पाउन सकिने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।